• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

नीतिप्रेस by नीतिप्रेस
February 16, 2025
in कला-साहित्य, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सङ्घर्षमा कलमद्वारा विद्यालय तहका भाइबहिनीलाई सिर्जनशील बनाउन गठन गरिएको सङ्घर्षमा कलम छोरेपाटन समूहको आयोजनामा पहिलो रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ ।

३३ जना प्रतियोगी रहेको प्रतियोगितामा कक्षा ९ का अशिम खनाल, कक्षा ८ की सन्ध्या कार्की, कक्षा ६ का लेलिना बराल, कक्षा ५ की स्मृति सुनार र कक्षा ४ का रोहन गहतराज उत्कृष्ट पाँच हुन सफल भए ।

विजेतालाई विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथि, संस्थापक अध्यक्ष असफल गौतम, छोरेपाटन भू.पू. विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय, विद्यालयका शिक्षक प्रेमप्रसाद पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रम निकै फलदायी रहने बताए ।

सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथिले विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई निखार्न प्रतियोगितात्मक कार्यक्रमले प्रेरणा दिने बताए ।

छोरेपाटन भूपू विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले मञ्चले विद्यार्थीको सर्वाङ्गिण पक्षको विकासका टेवा पुगोस् भन्ने उद्देश्यले फरक–फरक विधाका सिर्जनशील र सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

शिक्षक प्रेमप्रसाद पोखरेलले विद्यालय जीवनमा तल्लो कक्षामा रहँदासम्म सिर्जनातर्फ क्रियाशील हुने विद्यार्थी माथिल्लो कक्षामा जाँदा कम हुँदै जान नदिन यस्ता प्रतियोगिता उपयोगी हुने बताए ।

सङ्घर्षमा कलमका संस्थापक अध्यक्ष असफल गौतमले पुरस्कृत हुनु नहुनु भन्दा पनि सहभागिता ठूलो कुरा भएको बताए ।

सङ्घर्षमा कलम केन्द्रीय समितिका अध्यक्ष कृष्ण रानाभाट सारथिले संस्थाले पहिलो पटक रचनावाचन प्रतियोगिता सञ्चालन गरेको र क्रमशः विभिन्न विधागत गतिविधि तथा प्रतियोगिता सञ्चालन गर्दै अगाडि बढ्ने बताए ।

समूहका अध्यक्ष रश्मी देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सचिव एन्जल न्यौपानेले स्वागत मन्तव्य र सदस्य प्रेनिसा पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

सङ्घर्षमा कलम पोखराले २०८१ पौषमा रश्मी देवकोटाको अध्यक्षतामा नौ सदस्यीय सङ्घर्षमा कलम छोरेपाटन समूह गठन गरेको छ ।

समूहको सदस्य सचिवमा एञ्जल न्यौपाने र सदस्यमा क्रमशः अनुजा शर्मा, विनिका ढकाल, प्रतिक्षा पौडेल, सलोनी गुरुङ, रचना बराल, सलिना सुवेदी, प्रेनिसा पौडेल छन् ।

Previous Post

गीताञ्जली साहित्य परिवारको २६६औँ साधना प्रभात

Next Post

उपचाररत उपप्रधानमन्त्री पौडेल,मेयर धनराजसँग राष्ट्रपति र सभामुखको भेट

Next Post

उपचाररत उपप्रधानमन्त्री पौडेल,मेयर धनराजसँग राष्ट्रपति र सभामुखको भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन