• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नयाँदिल्लीमा पहिलो पटक महिला मुख्यमन्त्री

नीतिप्रेस by नीतिप्रेस
February 19, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भारतको नयाँदिल्लीले विधानसभा निर्वाचन परिणामको ११ दिनपछि नयाँ मुख्यमन्त्री पाएको छ । बुधबार राति विधायक दलको बैठक बसेर मुख्यमन्त्रीको नाम सार्वजनिक गरिएको भारतीय जनता पार्टी (भाजपा) ले जनाएको छ । मुख्यमन्त्री रेखा गुप्ता बन्ने भएकी छिन् । भाजपा र एनडीएको २१ राज्यमा सरकार छ । रेखा एकमात्र महिला मुख्यमन्त्री हुनेछिन् ।

भाजपाबाट दिल्लीमा चार जना महिला विधायक भएकामा एक जना मुख्यमन्त्री बन्ने भएकी हुन् । उनी दिल्ली भाजपाकी महासचिव तथा महिला मोर्चाकी उपाध्यक्षसमेत हुन् ।

उनी यसअघि दक्षिण दिल्ली नगर निगमकी मेयर भैसकेकी थिइन् । पहिलो पटक विधायक बनेकी उनले पहिलो पटकमै मुख्यमन्त्रीमा बाजी मारेकी हुन् ।

दिल्लीमा यसअघि तीन महिला मुख्यमन्त्री भएका छन् । यसअघि सुषमा स्वारज ५२ दिन, शीला दीक्षित १५ वर्ष २५ दिनर आतिशी ४ महिना १८ दिन भएकी हुन् ।

शपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो १२ः३५ बजे हुने भएको छ । बिहीबारको शपथका लागि ३० हजार अतिथि सामेल हुनेसमेत सम्भावना बताइएको छ ।

दिल्लीको रामलीला मैदानमा शपथको तयारी भइरहेको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरु, भाजपा र एनडएि शासित राज्यका मुख्यमन्त्री, उपमुख्यमन्त्री सहभागी हुनेछन् । यसका साथै उद्योगपति, चलचित्रकर्मी, क्रिकेट खेलाडी, साधुसन्त लगायत पनि सहभागी हुनेछन् ।

भारतको दिल्लीमा भारतीय जनता पार्टी भाजपाको सरकार बन्दैछ । विधान सभाको निर्वाचनमा भाजपाले स्पष्ट बहुमतसहित सरकार बनाउने भएको हो । ७० सिटका लागि भएको मतदानमा भाजपाले स्पष्ट बहुमत पाएको हो ।

यसअघि लगातार तीन पटक सत्ता चलाएको आम आदमी पार्टी आजपा कम सिटमा खुम्चिएपछि भाजपाले बाजी मारेको हो । भाजपाले ४८ सिट जितेको हो । दोस्रो स्थानमा खुम्चेको आजपा २२ सिटमा खुम्चेको छ ।

Previous Post

गुरुकुल विद्या सदन र इन्फोम्याटिक्स कलेज हिसान फुटसल च्याम्पियन

Next Post

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा कस्तो होला राशिफल ?

Next Post

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा कस्तो होला राशिफल ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन