• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज अमृत र काल बेला परेको छ, महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 21, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ फागुन ९ गते शुक्रबार, इस्वीसंवत फेब्रुअरी २१ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको अष्टमी तिथि बिहानमा ८ः३३ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा दिनमा १२ः५९ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ७ घटि २० पलासम्म त्यसपछि हर्षण लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा राक्षश रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २८ घटि २० पला अर्थात ११ घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३८ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः५८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः५८ बजे र अस्ताउने समय भोलि बिहान ११ः१९ बजे रहेको छ । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस रहेको छ । 

आजको राशिफल

मेषः आज समय खराब रहनेछ । समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला, नत्र गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याको सामना गर्नुपर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या हुँदा  दैनिकी प्रभावित हुनेछ, ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दूरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुनः आज समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने विभिन्न अवसरले पच्छ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने सम्भावना छ ।

कर्कटः आज स्वास्थ्य भरपर्दो रहनेछैन । हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेको छ । आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग, ऋण तथा संकटको सामना गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने काम थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ, ध्यान दिनुहोला ।

सिंहः आज समय शुभ छैन । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगी कमै भेटिनेछन् । परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ ।

कन्याः आज समय अत्यन्त शुभ छ । पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ । व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ । साँझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

तुलाः आज समय अत्यन्तै खराब छ । सानातिना व्यवहारमै अल्झनुपर्नेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।

वृश्चिकः आज समय अत्यन्तै राम्रो छ । व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रवृधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ । आज सवारी साधनको प्रयोग गर्दा भने ध्यान दिनुहोला ।

धनुः आज समय खराब रहनेछ । स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आउनेछ । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकरः आज समय र  स्वास्थ्य सबल रहने छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्नेछ । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।
 
कुम्भः आज समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

मीनः आज समय मध्यम खालको छ । चिताएको काममा समय नमिल्दा योजना पूरा नहुन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।
 
साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले आज उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३५ बजेदेखि ८ः०१ बजेसम्म चर बेला
बिहान ८ः०१ बजेदेखि ९ः२६ बजेसम्म लाभ बेला
बिहान ९ः२६ बजेदेखि १०ः५१ बजेसम्म अमृत. बेला
बिहान १०ः५१ बजेदेखि १२ः१७ बजेसम्म काल बेला
दिनमा १२ः१७ बजेदेखि १ः४२ बजेसम्म शुभ बेला
दिनमा १ः४२ बजेदेखि ३ः०८ बजेसम्म रोग बेला
दिनमा ३ः०८ बजेदेखि ४ः३३ बजेसम्म उद्धेग बेला
दिनमा ४ः३३ बजेदेखि ५ः५९ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५९ बजेदेखि ७ः३३ बजेसम्म लाभ बेला
साँझ ७ः३३ बजेदेखि ९ः०८ बजेसम्म अमृत बेला
राति ९ः०८ बजेदेखि १०ः४२ बजेसम्म काल बेला
राति १०ः४२ बजेदेखि १२ः१६ बजेसम्म शुभ बेला
राति १२ः१६ बजेदेखि १ः५१ बजेसम्म रोग बेला
राति १ः५१ बजेदेखि ३ः२५ बजेसम्म उद्धेग बेला
रातिमा ३ः२५ बजेदेखि बिहान ५ः०० बजेसम्म चर बेला
बिहानमा ५ः०० बजेदेखि ६ः३४ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा

Next Post

पृथ्वी राजमार्गको चुनपहारा क्षेत्र आंशिक रुपमा बन्द हुने

Next Post

पृथ्वी राजमार्गको चुनपहारा क्षेत्र आंशिक रुपमा बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन