पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुन तोलाको मूल्य एक लाख ७० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य गत शुक्रबार तोलाको एक लाख ७० हजार रुपैयाँ थियो ।
पोखरा बजारमा आज सुनको भाउ प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको बजार भाउ आज एक हजार नौ सय ७० रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ शुक्रबार एक हजार नौ सय ९० रुपैयाँ थियो । पोखरा बजारमा आज चाँदी दुई हजार रुपैयाँ कायम भएको छ ।






