पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ तोलामा पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज सुनको भाउ तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँ रहेको थियो । आइतबारको तुलनामा सोमबार पनि तोलामा पाँच सय रुपैयाँ नै बढेको थियो ।
आज पोखरा बजारमा एक लाख ७१ ह्जार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ सोमबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ । सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आज पोखरामा चाँदीको भाउ दुई हजार रुपैयाँ कायम भएको छ ।






