• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 27, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ फागुन १५ गते बिहीबार, इस्वीसंवत फेब्रुअरी २७ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको चतुर्दशी तिथि बिहानमा ८ः३७ बजेसम्म त्यसपछि अमावश्य अर्थात औंशी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा दिनमा ३ः५८ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव ४४ घटि ४८ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा चतुष्पद रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २८ घटि ४४ पला अर्थात ११ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३२ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः०२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः०२ बजे र अस्ताउने समय साँझमा ५ः२३ बजे रहेको छ । आज विश्व गैरसरकारी संस्था दिवस रहेको छ । 

आजको राशिफल

मेषः आज समय शुभ रहनेछ । सहयोगीको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । मिहिनेतीका लागि धेरै कुरा आर्जन गर्ने समय छ । शुभचिन्तकले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन-स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । उद्योग तथा व्यापारसम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।

वृषः आज समय मध्यम खालको छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश-जाँगरमा कमी ल्याउन सक्छ । अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।

मिथुनः आज समय शुभ तथा स्वास्थ्य भरपर्दो रहनेछैन । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

कर्कटः आज समय भरपर्दो छैन । परिस्थितिवश काममा व्यवधान हुनेछ । पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला ।

सिंहः आज समय शुभ छ । स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा-समारोहमा सहभागी बन्ने मौका छ ।

कन्याः आज समय शुभ छैन, स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ । तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ । शुभचिन्चकले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ ।

तुलाः आज समय खराब छ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

वृश्चिकः आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । तर टाढाकाे यात्रामा विशेष ध्यान दिनुहाेला ।

धनुः आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । 
 
मकरः आज स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

कुम्भः आज समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।

मीनः आज समय खराब छ । स्वास्थ्यको हिसावले खराब रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ ।

साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३२ बजेदेखि ०७ः५८ बजेसम्म शुभ बेला
बिहान ०७ः५८ बजेदेखि ९ः२४ बजेसम्म रोग बेला
बिहान ९ः२४ बजेदेखि १०ः५० बजेसम्म उद्धेग बेला
बिहान १०ः५० बजेदेखि १२ः१६ बजेसम्म चर बेला
दिनमा १२ः१६ बजेदेखि १ः४३ बजेसम्म लाभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः०९ बजेसम्म अमृत बेला
दिनमा ३ः०९ बजेदेखि ४ः३५ बजेसम्म काल बेला
दिनमा ४ः३५ बजेदेखि ०६ः०१ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ०६ः०१ बजेदेखि ७ः३४ बजेसम्म रोग बेला
साँझ ७ः३४ बजेदेखि ९ः०८ बजेसम्म उद्धेग बेला
राति ९ः०८ बजेदेखि १०ः४२ बजेसम्म चर बेला
राति १०ः४२ बजेदेखि १२ः१६ बजेसम्म लाभ बेला
राति १२ः१६ बजेदेखि १ः५० बजेसम्म अमृत बेला
राति १ः५० बजेदेखि ३ः२४ बजेसम्म काल बेला
रातिमा ३ः२४ बजेदेखि ०४ः५८ बजेसम्म शुभ बेला
रातिमा ०४ः५८ बजेदेखि ६ः३१ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

Next Post

पोखरामा बाह्रौं नेपाल लिटरेचर फेस्टिभल आजदेखि

Next Post

पोखरामा बाह्रौं नेपाल लिटरेचर फेस्टिभल आजदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन