पोखरा । इन्डोनेसियामा बुधबार बिहान ७ः१० बजे सुलावेसी टापु नजिक ६दशमलव१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६दशमलव२ माइल) गहिराइमा रहेको बताइएको छ ।
भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावर सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएको छैन ।





