पोखरा । पोखराको न्यूरोडमा लागेको आगो नियन्त्रणमा आएको छ । आज साँझ न्यूरोडस्थित श्यामाश्याम ट्रेडर्स ब्याट्री पसलमा आगो लागेको थियो ।
साँझ ७ः०५ बजे शुरु भएको आगलागी करिब एक घण्टामा नियन्त्रणमा आएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
आगो दमकलको सहायताले प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको उनले बताए । विद्युत सर्ट भए आगो लागेको हुन सक्ने बताइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।






