पोखरा । दुई दिन हिउँदे झरी परेको पोखरामा आजबाट कम हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा आज बिहान पनि जारी भइरहेको छ ।
आज पोखरासहित देशभर नै हल्कादेखि मध्यम खालको वर्षा सम्भावना रहेको विभागले जनाएको छ ।
आज बिहान ७ बजे पोखराको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । जसका कारण पोखरामा निकै चिसो महसूस भएको छ । आज पोखराको अधिकतम् तापक्रम १७ डिग्री सेल्सियस र सापेक्षित आद्रता ७० प्रतिशतबीच रहने बताइन्छ । समग्रमा आज पोखरामो मौसम घमाइलो हुने अनुमान गरिएको छ ।
शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ फैलिएकोमा गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको बताइन्छ । यसैले आज वर्षा र हिमपातको सम्भावना नभएको विभागले जनाएको छ । शुक्रबार र शनिबार उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो ।






