पोखरा । नेपाली बजारमा आज सुनचाँदीको स्थिर रहेको छ ।
गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज पोखरा बजारमा सुनको भाउ तोलाको एक लाख ६८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको मूल्य एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।
आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ रहेको छ ।






