• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सराङकोट महाउत्सवमा एक करोड १३ लाख दान संकलन

नीतिप्रेस by नीतिप्रेस
March 2, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सवअन्तर्गत पाँचौं दिन आइतबारसम्म कुल एक करोड १३ लाख बढी दान संकलन भएको छ । आइतबारमात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए ।

आइतबार सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट तीन लाख २२ हजार दुई सय २२, पोखरा-१८ निवासी पूर्णप्रसाद तिमिल्सिनाको परिवारबाट तीन लाख २२ हजार दुई सय २२, पालिखेचोक निवासी वीरेन्द्रमान पालिखे परिवारबाट दुई लाख ३३ हजार तीन सय ३३, जन्मदिनको अवसरमा महायज्ञका कोषाध्यक्ष शिव कोइराला परिवारबाट ७५ हजार, गोठादीका कर्णबहादुर थापा परिवारबाट ५० हजार एक सय एवं अन्य दाताको समेत गरी २० लाख रुपैयाँ बढी दान संकलन भएको कोषाध्यक्ष कोइरालाले बताए ।

महायज्ञ मध्यतिर आइरहँदा भक्तजनको सहभागिता पनि बढ्दै गएकोे छ । सुरुमा झरीका कारण केही प्रभावित सो यज्ञमा मौसममा क्रमिक सुधार आएसँगै जनसहभागिता बढ्दै गएको हो । आजसम्म करिब ६० हजार दर्शकले सहभागिता जनाएको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।

अन्नपूर्ण केवलकारमार्फत आजसम्म १२ हजार, निःशुल्क बस सेवामार्फत २० हजार तथा निजी सवारी साधन प्रयोग गरी त्यतिमा मात्रामा भक्तजन सराङकोट धाम पुगेको उनको भनाइ छ ।

महायज्ञमा दाताको सहभागिता बढ्दै गइरहेको अध्यक्ष प्रेमबहादुर जिसीले बताए । पक्कै पनि सराङकोट महाउत्सव सफलता उन्मुख छ ।

सराङकोटमा जारी महायज्ञ शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

महाउत्सवमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजन कीर्तन भइरहेको छ भने भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।

Previous Post

सबलाइम अङ्ग्रेजी माविको २९औँ वार्षिकोत्सव

Next Post

विद्यालय तहको शैक्षिक सुधारमा इसीइसी कार्यक्रम प्रभावकारी

Next Post

विद्यालय तहको शैक्षिक सुधारमा इसीइसी कार्यक्रम प्रभावकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन