• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सबलाइम अङ्ग्रेजी माविको २९औँ वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
March 2, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ रत्नचोकस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २९औँ वार्षिकोत्सव, अभिभावक दिवस, सम्मान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं विद्यालय निर्देशक त्रिभुवन पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख लोकनाथ आर्चायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहाकार गणेशमान सिंह भण्डारी, प्याब्सन केन्द्रीय उपाध्यक्ष बीरबहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सन केन्द्रीय सदस्य प्रेमप्रसाद शर्मा सुवेदी, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, प्याब्सन गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष विश्वराज बास्तोला, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, प्याब्सन कास्की जिल्ला कार्य समितिका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, पोखरा-७ का वडासदस्य अर्जुन थापा सहभागी थिए । साथै कार्यक्रममा विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपललगायत पनि सहभागी थिए ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि आर्चायले हरेक विद्यार्थी कुनै न कुनै विद्यामा निपूर्ण हुने भएकोेले उनीहरुको रुचि अनुसार विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरी विद्यार्थीमा व्यवहारिक र सिपमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।

आप्mना सन्तानलाई घरमै संस्कार र सिप सिकाएर हौसला बढाउन अभिभावकले समय छुट्याउनु पर्ने भन्दै उनले विद्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रम र विद्यार्थीको प्रतिभाको खुलेर प्रशंसा गरे ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष बीरबहादुर बुढाथोकीले प्याब्सनको क्रियाशील सदस्यको विद्यालयले छोटो समयमा नै गरेका प्रगतिलाई प्रशंसा गर्दै सबलाइममा आफ्ना बाबुनानीलाई अध्ययनका लागि पठाएका अभिभावकलाई धन्यवाद समेत दिए । उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम र अभिभावक सुरेश रानाभाट समेतले बोलेका थिए ।

कार्यक्रममा विद्यार्थीले विभिन्न जातजातिका भेषभूषा र संस्कृतिमा आधारित सामूहिक नृत्य, गीत तथा सङ्गीत, माइन्ड टेक तथा चित्रकला प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक परीक्षा २०८० मा ४ जीपीए प्राप्त गर्न सफल उत्कृष्ट विद्यार्थीलाई ट्रफी प्रदान गरिएको थियो । २०८० सालको एसईई परीक्षा र २०८१ सालको कक्षा १२ (एसएलसी)को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल पुष्पराज पराजुलीले स्वागतसहित विद्यालयको प्रतिवेदन, आगामी कार्यक्रम र विगतमा विद्यालयले हासिल गरेका उपलब्धिमाथि प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष त्रिभुवना पराजुलीले कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रम विद्यालयका नेपाली विभाग प्रमुख कमलापति शर्मा र विद्यार्थीले सञ्चालन गरेका थिए ।

२०५२ सालमा स्थापित विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ सम्म १२ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाइ संञ्चालन गर्दै आइरहेको छ ।

Previous Post

नेपाल यातायात व्यवसायी संगठन कास्कीको अध्यक्षमा मनोज रसाइली निर्वाचित

Next Post

सराङकोट महाउत्सवमा एक करोड १३ लाख दान संकलन

Next Post

सराङकोट महाउत्सवमा एक करोड १३ लाख दान संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन