पोखरा । नेकपा माओवादी केन्द्र निकट यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी संगठन कास्कीको अध्यक्षमा मनोज रसाइली निर्वाचित भएका छन् ।
संगठनको प्रथम जिल्ला सम्मेलन तथा अधिवेशनले रसाइलीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
संगठनको उपाध्यक्षमा नारायणप्रसाद शर्मा, गोपाल घिमिरे, सचिवमा बिष्णुप्रसाद अधिकारी, सहसचिवमा श्यामकुमार ताम्राकार, कोषाध्यक्ष दीविराम पाण्डे छन् ।
यसैगरी कार्यसमिति सदस्यमा दलबहादुर मगर, महदत्त आचार्य, रमेश सापकोटा, कृष्ण अधिकारी छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङले देशको हरेक आन्दोलनमा यातायात व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल, नेपाल राष्ट्रिय यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल यातायात व्यवसायी संगठनका केन्द्रीय सल्लाहकार केदार पौडेल, उपमहासचिव गान्धीराज गिरी, पृथ्वी राजमार्ग कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाल यातायात मजदुर संघका अध्यक्ष सूर्यभक्त पौडेललगायतले बोलेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बरा, नेपाल राष्ट्रिय यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।
संगठन अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष प्रकाशमणि तिवारीले स्वागत र अर्जुन पौडेलले कार्यक्रम सञ्चालन गरे्का थिए ।






