• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्रिकेटमा कास्की च्याम्पियन

नीतिप्रेस by नीतिप्रेस
March 3, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । बलियो प्रतिद्वन्दी तनहुँलाई सात विकेटले पराजित गर्दै कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको हो । कास्कीलाई जिताउन अनिल गुरुङले अवीजित ७९ रनको योगदान दिएका थिए ।

टस जितेर व्याटिङ रोजेको तनहुँलाई कास्कीले ४८ दशमलव ४ ओभरमा एक सय ८० रनमा रोकेको थियो ।

पहिलो १० रन बनाउने क्रममा नै पहिलो विकेट गुमाएको तनहुँले थप दुई रन जोड्दा दोस्रो विकेट गुमाएपछि निकै दबावमा परेको थियो । तेस्रो र चौथो नम्बरमा आएका व्याटरद्वय दिनेश बुढामगर र भन्स क्षेत्रीले तेस्रो विकेटका लागि ८९ रनको साँझेदारी खेले । ८३ बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरेका बुढामगर कास्कीका अर्जुन कुमालको बलमा विकेट किपर मुस्कान थापाको हातबाट क्याच भए ।

क्षेत्रीले भने एक सय सात बल खेल्दै ५९ रनमा बनाउन सफल भए । उनी कास्कीका विपिन खत्रीको बलमा आउट भए । तनहुँका क्रिस ऐरले २५ र सुवास भण्डारीले ३१ रनको योगदान दिएका थिए ।

तनहुँले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको कास्की ४१ दशमलव ३ ओभरमा पूरा गर्यो । जसमा अनील गुरुङको अवीजित ७९ रनको योगदान गरे । पहिलो विकेटको लागि अनील र अर्जुन कुमालले ६८ रनको साँझेदारी निभाए ।

साथै मुस्कान थापाले अनीलसँगै मिलेर ८९ रनको साँझेदारी गरेका थिए । मुस्कानले ६१ बल खेल्दै ३ चौका प्रहार गरे । थापा तनहुँका कप्तान चन्द्रकान्त पौडेलको बलमा भन्स क्षेत्रीको हातबाट क्याच भएका थिए ।

अभिषेक थापा भने पहिलो बल खेल्ने क्रममा आउट भए । पौडेलले उनलाई पहिलो बलमै आउट गर्दै कास्कीलाई दबावमा राखेका थिए । रोहित चन्द १२ रनमा अवीजित रहेका थिए ।

प्लेयर अफ दि म्याचको उपाधि कास्कीका अनीलले नै हाल पारे । कास्कीका सुवास भण्डारी बेष्ट बलर, बेष्ट व्याटर तनहुँका समीर कँडेल, म्यान अफ दी सिरिज सुवास भण्डारी भए ।

विजेता तथा उपविजेतालाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिम्सिना, संघका पूर्व अध्यक्ष देवेनसन प्रजुलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Previous Post

पोखरा-ल्हासा व्यवसायिक उडान गर्दै हिमालय एयरलाइन्स

Next Post

स्कारपियो दुर्घटनामा चालक अधिकारीको मृत्यु

Next Post

स्कारपियो दुर्घटनामा चालक अधिकारीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन