• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जिसस म्याग्दीका प्रमुख थापा एमालेबाट निलम्वित

नीतिप्रेस by नीतिप्रेस
March 4, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्वित भएका छन् । एमाले गण्डकीको मंगलबार पोखरामा सम्पन्न चौथो सचिवालय बैठकले थापालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्वन गर्ने निर्णय गरेको हो ।

थापा एमाले म्याग्दीको पूर्वउपसचिव तथा प्रदेश कमिटी सल्लाहकार परिषद सदस्यसमेत हुन् । उनी बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका छन् । उनको मुद्दामाथि म्याग्दी जिल्ला अदालतमा बहस जारी छ ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने गरेर कार्ययोजना तय गरिने र सोही अनुसार सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड दिए ।

उनले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीका बिरुद्दमा गरिएका कुप्रचार र अफवाहको प्रतिकारसहित सबल पार्टी निर्माणमा लाग्न आग्रहसमेत गरे ।

बैठकले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेवारी बाँडफाडसमेत गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।

बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय समेत गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले बताए ।

बैठकमा पार्टीका बागलुङ जिल्ला अध्यक्ष हीराबहादुर केसी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कंडेल, पर्वत अध्यक्ष गोविन्द पहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जिल्ला कमिटीको गतिविधि र कार्यक्रममाथि प्रकाश पारेका थिए ।

बैठक प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार

Next Post

ग्यास उद्योगीद्वारा आन्दोलन फिर्ता, मूल्य बढाउन लागिएकाे हाे ?

Next Post

ग्यास उद्योगीद्वारा आन्दोलन फिर्ता, मूल्य बढाउन लागिएकाे हाे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन