पाेखरा। आज बिहानै दुई वटा भूकम्पका झड्का लागेका छन् । नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा भूकम्प गएको हो ।
बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
त्यसपछि बाग्लुङको सुखानी आसपास केन्द्रविन्दु भएर बिहान ६२० बजे ४दशमलव१ रेक्टर स्केलको अर्को भूकम्प गएको छ ।
यी दुवै झड्कालाई केन्द्रले नयाँ भूकम्प नै भनिरहेको छ ।
प्रायः २०७२ सालमा गएको ७दशमलव६ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्पन नियमित आउने गरे पनि केन्द्रले भने नयाँ भूकम्प नै भनेको हो ।






