• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बीमाबाट रकम लिन आफ्नै पसलमा आगो लगाउने शर्मा प्रहरी फन्दामा

नीतिप्रेस by नीतिप्रेस
March 10, 2025
in घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आँफै आगो लगाउने सञ्चालक कास्की प्रहरीको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ घर भइ हाल पोखरा महानगरपालिका वडा नं २७ तालचोक बस्दै आएका २८ वर्षीय रमेश शर्मा लोहार छन् ।

शर्माले पोखराको न्यूरोडमा सञ्चालन गरेको शर्मा आइटी हबमा यही फागुन १६ गते शुक्रबार साँझ करिब ७ बजे आगलागी भएको थियो । शर्माले गत पुसदेखि आइटी हब सञ्चालनमा ल्याएका थिए ।

कास्की प्रहरीका अनुसार फागुन १६ मा आगलागी भएकोमा सञ्चालक शर्माले १७ गते नै ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए ।

साथै शर्माले फागुन १९ मा बीमा रकम दावीका लागि शिखर इन्स्योरेन्समा निवेदन दिएका थिए । निवेदनमा उनले मोवाइल चार्जमा राखी वासरुम गई फर्किँदा केही पड्किएको आवाज आई आगोलागी भएको उल्लेख गरेका थिए ।

निवेदन उपर अनुसन्धान गर्ने क्रममा उक्त आइटी हव दुई दिनदेखि बन्द रहेको, आगलागी भएको दिन कर्मचारी बिदामा रहेको पाइएको प्रहरीले जनाएको छ । साथै शिखर इन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको बीमा गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट मनुयल्ली र डिजिटली दुवै प्रकारबाट सवुद प्रमाण संकलन, शर्माले तालचोकमा पनि सञ्चालन गरेको पसलको अनुसन्धान र त्यहाँबाट अनुसन्धानलाई सहयोग पुग्ने प्रयाप्त तथ्य संकलन गरेको जनाएको छ । प्रहरीका अनुसार शर्माले तालचोकमा पाँच वर्ष अघिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेको र त्यहाँ छ जना कामदारसमेत छन् ।

शर्माले बीमा रकम दाबी गर्ने गलत मनसाय राखेर पसलमा आफैले आगो लगाएको पाइएपछि शर्मा लोहारलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले जानकारी दिए ।

उनलाई सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पोखरामा यस्तै प्रकृतिको घटना गत साउनमा पनि घटेको थियो । साउन १६ गते बिहान पोखरा(६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आँफैले आगो लगाएका थिए । ती सञ्चालन हाल पुर्पक्षका लागि कारागारमा छन् ।

Previous Post

नवौँ पोखरा स्पोटर्स अवार्ड वैशाख २० मा हुने

Next Post

भिरबाट लडेर भण्डारीको मृत्यु

Next Post

भिरबाट लडेर भण्डारीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन