• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनप्रिय क्याम्पसमा डिजिटल साक्षरता तथा ईप्रशासन कार्यशाला

नीतिप्रेस by नीतिप्रेस
March 10, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा डिजिटल साक्षरता तथा ईप्रशासन विषयक कार्यशाला सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सेवा प्रदायक कर्मचारी प्रविधिसँग अभ्यस्त हुन आवश्यक भएकाले कर्मचारीको क्षमता तथा दक्षता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएकाको बताए ।

विजुक्छेले प्रविधिको बढ्दो प्रयोग गर्दा शैक्षिक प्रशासनमा नयाँ अवसर सिर्जना गर्ने भएकाले सिक्ने र सिकाउने समयको उपयोग गर्दै कर्मचारीलाई निपूर्ण बन्न आग्रह गरे ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्वविद्यालय अनुदान आयोगबाट जनप्रिय लिड क्याम्पसका रूपमा छनोट भएकाले गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसका शिक्षक तथा कर्मचारीको दक्षताका लागि कार्यशाला तय गरिएको बताए ।

बरालले प्रशासन, लेखा, परीक्षा, पुस्तकालयमा कार्यरत कर्मचारीलाई डिजिटल साक्षरता सहित प्रविधिमैत्री प्रशासन चलाउनका लागि कार्यशाला प्रभावकारी हुने बताए ।

सूचना प्रविधि र ईप्रशासनको उपयोग, डिजिटल प्रणालीमा आधारित कागजात व्यवस्थापन, सूचना सुरक्षाका उपाय तथा प्रभावकारी प्रशासन सञ्चालनका विषयमा कम्प्युटर ल्यावमा प्रशिक्षण प्रदान गरिने आइटी सपोर्ट युनिटका संयोजक तथा स्रोतव्यक्ति यामकुमार बरालले जानकारी दिए ।

कार्यशालामा पोखरास्थित कालिका बहुमुखी क्याम्पस, जनप्रकाश बहुमुखी क्याम्पस, कालिका पब्लिक कलेज, शिवशक्ति क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कन्या क्याम्पस गरी सात वटा सामुदायिक क्याम्पसका प्रशासनिक कर्मचारी सहभागी थिए ।

क्याम्पस प्रशासनलाई प्रविधिमैत्री बनाउने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा आधुनिक प्रविधिको अधिकतम् उपयोग गरी शैक्षिक संस्थाको कार्यसम्पादन सुधार गर्ने उद्देश्य रहेको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।

क्याम्पस प्रमुख बरालको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी संघ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरुले स्वागत तथा उपप्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

भिरबाट लडेर भण्डारीको मृत्यु

Next Post

पोखरामा ३० करोडको अनलाइन जुवा र क्रप्टोकरेन्सी धन्दा चलाउने पाँच जना पक्राउ

Next Post

पोखरामा ३० करोडको अनलाइन जुवा र क्रप्टोकरेन्सी धन्दा चलाउने पाँच जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन