पोखरा । पोखरास्थित चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट रचना पौडेलले उम्मेद्वारी दर्ता गरेकी छन् ।
यस्तै सचिवमा स्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बरालले उम्मेद्वारी दर्ता गराए ।
सदस्यमा माटिना थापा मगर, किरण सेन, कीर्ति सिग्देल, सरस्वती खनाल र स्मिता गौतमको उम्मेद्वारी परेको छ ।
समानुपातिकतर्फ नम्रता चापागाई, ममता शर्मा, सञ्चिता दाहाल, अन्जु गौतम र गीता घलेको उम्मेद्वारी परेको छ । समानुपातिक तर्फबाट सदस्यमा उम्मेद्वारी दिने नम्रता चापागाई नेपाल विद्यार्थी संघ नर्सिङ क्याम्पस पोखरा इकाईको सभापतिसमेत हुन् ।
क्याम्पसमा प्रत्यक्षतर्फ अनेरास्ववियु र नेविसंघको तर्फबाट १६ जना र समानुपातिकतर्फ पनि दुवै संगठनका १५ जनाको उम्मेद्वारी परेको छ ।
अध्यक्ष पदमा उम्मेद्वारी दिएकी रचना पौडेल कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ सल्यान निवासी हुन् ।
पोखराको कुम्दिनी होम्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी पौडेलले पिसिएल नर्सिङ, बिएन सोही क्रयाम्पसबाट अध्ययन पूरा गरेको र हाल एमएनको अध्ययन पनि सोही क्याम्पसमा गरिरहेकी छन् ।
यता, अनेरास्ववियुबाट भने प्रतिभा भण्डारीको नेतृत्वमा उम्मेद्वारी परेको छ ।






