• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीकृष्णको प्रिय दिनमा दुई पटक लाभ बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
March 12, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ फागुन २८ गते बुधबार, इस्वीसंवत मार्च १२ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको त्रयोदशी तिथि बिहानमा ९ः५० बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा मघा रातिमा ४ः२४ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सुकर्म १८ घटि ४७ पलासम्म त्यसपछि धृति लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २९ घटि ३८ पला अर्थात ११ घण्टा ५४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१९ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः३२ बजे र अस्ताउने समय भोलि बिहानमा ५ः१२ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज समय शुभ छैन । अनावश्यक परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टामा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ सचेत रहनुहोला ।

वृषः आज समय शुभ छैन । पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसूस हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलित व्यवहार गर्नुहोला । नत्र काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ ।

मिथुनः आज समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कर्कटः आज समय राम्रो छैन । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला । पानीसँग सम्बन्धित व्यवसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुने हुँदा पढाईलेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्त बीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

सिंहः आज समय शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

कन्याः आज समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नुपर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

तुलाः आज समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यपार व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

वृश्चिकः आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनुः आज समय राम्रो रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

मकरः आज समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतिपत्नी बिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचना बाहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कुम्भः आज समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ ।

मीनः आज समय भरपर्दो रहने छ । सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यवसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

साहित (यात्रा): सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः१८ बजेदेखि ७ः४७ बजेसम्म लाभ बेला
बिहान ७ः४७ बजेदेखि ९ः१६ बजेसम्म अमृत बेला
बिहान ९ः१६ बजेदेखि १०ः४५ बजेसम्म काल बेला
बिहान १०ः४५ बजेदेखि १२ः१४ बजेसम्म शुभ बेला
दिनमा १२ः१४ बजेदेखि १ः४२ बजेसम्म रोग बेला
दिनमा १ः४२ बजेदेखि ३ः११ बजेसम्म उद्धेग बेला
दिनमा ३ः११ बजेदेखि ४ः४० बजेसम्म चर बेला
दिनमा ४ः४० बजेदेखि ६ः०९ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०९ बजेदेखि ७ः४० बजेसम्म अमृत बेला
साँझ ७ः४० बजेदेखि ९ः११ बजेसम्म काल बेला
राति ९ः११ बजेदेखि १०ः४२ बजेसम्म शुभ बेला
राति १०ः४२ बजेदेखि १२ः१३ बजेसम्म रोग बेला
राति १२ः१३ बजेदेखि १ः४४ बजेसम्म उद्धेग बेला
राति १ः४४ बजेदेखि ३ः१५ बजेसम्म चर बेला
रातिमा ३ः१५ बजेदेखि ४ः४६ बजेसम्म लाभ बेला
रातिमा ४ः४६ बजेदेखि ०६ः१७ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा आठ जनाको उम्मेद्वारी

Next Post

नर्सिङ क्याम्पस पोखराको स्ववियु अध्यक्षमा नेविसंघबाट पौडेलको उम्मेद्वारी

Next Post

नर्सिङ क्याम्पस पोखराको स्ववियु अध्यक्षमा नेविसंघबाट पौडेलको उम्मेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन