पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदका लागि दुई जना स्वतन्त्रसहित आठ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मानवराज बराल, प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ, अखिल (छैटौं) का मिलन सुनार, अखिल (क्रान्तिकारी) का नवीन अधिकारी, अनेरास्ववियू अखिल (समाजवादी) र अखिल (क्रान्तिकारी) वैद्यको संयुक्त प्यानलबाट सन्तोष पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् । यस्तै अध्यक्ष पदमै विप्लपी पौडेल र कमल सुवेदीले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन् ।
यसैगरी सचिव पदमा प्राज्ञिक विद्यार्थी परिषद्बाट अभिषेक विष्ट, अनेरास्ववियुबाट विराट दुवाडी, अखिल क्रान्तिकारीबाट मिराज थापा मगर, संयुक्त प्यानलबाट किरण खड्का, नेविसंघबाट विवेक भट्टराईको उम्मेद्वारी परेको छ ।
यस्तै कोषाध्यक्ष पदमा प्राज्ञिक विद्यार्थी परिषद्बाट अम्बिका धिमाल, अनेरास्ववियुबाट सिन्दका गुरुङ, अखिल क्रान्तिकारीबाट सिर्जना शर्मा, संयुक्त प्यानलबाट सचिन पौडेल र नेविसंघबाट अमिशा यादवको उम्मेद्वारी परेको छ ।
अनेरास्ववियू, अखिल (क्रान्तिकारी) वैद्य र अखिल (समाजवादी)ले भने संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।






