पोखरा । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ भने चाँदीको घटेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ तोलाको एक लाख ७६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता मंगलबार प्रतितोला दुई हजार ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेर दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज पोखरामा भने चाँदीको भाउ तोलाको दुई हजार ७५ रुपैयाँ कायम भएको छ ।






