पोखरा । कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नं ११ मा म१त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२-००३ प ६७३२ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरको पछाडि सवार ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गिरीको धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कुटर चालक र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






