पोखरा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदबाट बर्खास्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएको हो ।
घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
घिसिङको स्थानमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए ।






