पोखरा । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को तयारी तीब्र रुपमा अघि बढेको छ ।
‘एक युगमा एक पटक इतिहासमा पहिलो पटक’ आयोजना हुन लागेको शतकुण्डीय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तीब्र रुपमा अघि बढेको आयोजक मानव सेवा फाउण्डेशन कास्की शाखाले जानकारी दिएको छ ।
आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भैरहेको छ । त्यस्तै स्वागतद्वार निर्माण गर्नेदेखि लिएर अन्य कार्यहरु अघि बढेको आयोजकले जानकारी दिएको छ ।
कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम चैत १७ देखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
यस्तै कोटिहोमको कार्यक्रम २०८२ जेठ १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आसपासका स्थानीयको जमिनमा सञ्चालन हुनेछ ।






