पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञप्रति आफू र पोखरा महानगरपालिका सकारात्मक रहेको बताएका छन् ।
कोटीहोम पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको गुठीको जग्गासहित आसपासका स्थानीयको जग्गामा सञ्चालन हुने छ ।
मेयर आचार्यले भने, “हामीले कोटिहोम महायज्ञ गर्न दिदैनौँ भनेर सुरु देखि नै भनेका छैनौँ, मात्र स्थानको कुरा थियो, हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै गर्दा धार्मिक महत्वलाई पनि उत्तिकै महत्वका साथमा हेरेका छौंँ, कोटिहोम महायज्ञलाई पनि हाम्रो साथ छ, पोखरालाई राम्रो गर्ने कार्यमा हाम्रो सधैँ साथ रहने छ ।”
कोटिहोमको विविध प्रचारप्रसारका कार्यक्रम यही चैत १७ देखि प्रारम्भ हुनेछ । यस्तै कोटिहोमको कार्यक्रम २०८२ वैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।






