• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-८ को सुविधासम्पन्न वडाभवन शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
March 30, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारी भइरहेको बताएका छन् । पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् । प्रशासकीय भवन बनाउन करिब दुई अरब रुपैयाँ लाग्ने उनको भनाइ छ । यसका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले बताए ।

उनका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।

सुविधासम्पन्न कार्यालय भवन निर्माणले प्रशासनिक कार्यलाई चुस्त बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिन मद्दत गर्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे । स्थानीय सरकारको प्रभावकारिता जनता माँझ अझै मजबुत बनाउने लक्ष्यसहित भवन निर्माण गरिएको उनले स्पष्ट पारे ।

आचार्यले भने, ‘कतिपयले वडालाई ठूला भवन किन चाहिन्छ भनेर प्रश्न गर्छन् तर ठूला भवनले नै जनताका सेवा प्रवाहमा सहजता ल्याउँछ ।’

आचार्यका अनुसार अब पोखरामा वडा नं ६ र ९ को भवन बन्न बाँकी छ भने केही वडाका भवन निर्माणाधीन अवस्थामा छन् । महानगरमा थपिएका वडाहरुको विकासमा पनि विशेष ध्यान दिइएको आचार्यले उल्लेख गरे ।

उनले भने, ‘विकासका हिसाबले १ देखि १७ सम्मका र अन्य वडा फरक प्रकृतिका छन्, सबै वडालाई एउटै प्रकृतिको बनाउन प्रयास गरिएको छ ।’

आचार्यले पोखराको न्यूरोडलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको समेत जानकारी दिए । पोखराको फोहोर व्यवस्थापन सम्बन्धमा नयाँ वर्षदेखि नयाँ ढंगले नै अघि बढ्ने उनले स्पष्ट पारे ।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालय नजिकको सरकार भएको बताइन् । उनले महानगरले वडालाई धेरै भन्दा धेरै अधिकार दिएको भन्दै वडाले नै नै ५० लाखसम्मको योजना अघि बढाउन पाउने अधिकार रहेको स्पष्ट पारिन् । महानगरपालिका वडावासी र वडा कार्यालयकै सल्लाह र सुझावका आधारमा अघि बढ्ने उनले बताइन् ।

पोखरा-८ का वडाध्यक्ष रूद्रनाथ बरालले वडा कार्यालय पोखराकै मुटु भएको बताए । उनले १५ आनाको जग्गामा महानगरको ४० र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट वडाभवन निर्माण गरिएको बताए । वडा कार्यालय लिफ्टसहितको बनेको उनको भनाइ छ ।

नयाँ कार्यालय भवन सञ्चालनमा आएपछि नागरिक सेवा प्रवाह थप सहज भएको उनको भनाइ छ । वडाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने भन्दै उनले नयाँ भवनले नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउने दावी गरे । स्थानीय सरकारको प्रभावकारी कामका लागि भौतिक संरचनाको विकास अपरिहार्य रहेको उनको भनाइ छ ।

यस भवनबाट वडावासीले सबै प्रकारका प्रशासनिक सेवा सहज रूपमा पाउने छन् । स्थानीय तहको सेवा प्रभावकारी बनाउन डिजिटल प्रणालीसमेत लागू गरिने बराले बताए ।

कार्यक्रममा पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, एमाले पोखरा–८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा पोखरा ८ का अध्यक्ष का बाबुराम चालिसे, हातेमालो आमा समूहका अध्यक्ष अपीला बराललगायतले बोलेका थिए ।

वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासदस्य पवित्रा पौडेल केसीले र सञ्चालन वडासचिव झंकनाथ पौडेलले गरेका थिए ।

तस्बिरहरु

Previous Post

पोखराका सबै वडालाई एउटै प्रकृतिको बनाउँछौँ : नगर प्रमुख आचार्य [भिडियाेसहित]

Next Post

पत्रकार दवाडी प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्वाचित

Next Post

पत्रकार दवाडी प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन