• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कांग्रेस माझठानाका पूर्वसभापति लामिछानेको निधन

नीतिप्रेस by नीतिप्रेस
March 31, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस माझठानाका पूर्व गाविस सभापति तथा समाजसेवी टीकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहेका लामिछानेको उपचारकै क्रममा शनिबार साँझ निधन भएको हो ।

२००३ साल भदौ ५ गते साविक माँझठाना गाविस वडा नं ९ हाल पोखरा महानगरपालिका वडा नं २८ लामिछाने गाँउमा जन्मिएका लामिछाने विगत केही वर्षदेखि फोक्सो तथा पिसावसम्वन्धी समस्याबाट पीडित थिए । लामिछानेले विभिन्न समाजिक, राजनीतिक, धार्मिक क्षेत्रसहित विकास निर्माण सक्रिय रहँदै आएका थिए ।

२०४२ मा तत्कालिन माँझठाना गाउँ पञ्चायतको उपप्रधानपञ्च बनेर काम गरेका लामिछाने नेपाल रेडक्रस सोसाइटी माँझठाना शाखाको सभापति, माँझठाना स्वाथ्य चौकीको अध्यक्ष, रत्नशोभा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, माँझठाना गाविस नेपाली कांग्रेसको सभापति, थाक खानेपानी उपभोक्ता समितिको सचिव, राखी मिजुरे सडक उपभोक्ता समितिको सचिव रहेर काम गरेका थिए ।

लामिछानेको आइतबार अन्त्येष्टि गरिएको छ । उनको शवमा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, पूर्वमन्त्री तथा कास्की कांग्रेस पूर्वसभापति यज्ञबहादुर थापा, कास्की कांग्रेसका निर्वतमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि विकास गुरुङलगायतले कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । लामिछानेका श्रीमती, दुई छोरा, चार छोरी छन् ।

यसैबीच नेपाली कांग्रेस कास्की, कांग्रेस कास्की क्षेत्र नं १ र पोखरा महानगर कार्यसमितिले लामिछानेको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस पार्टी सभापति किशोरदत्त बराल, कांग्रेस क्षेत्र नं १ का सचिव सरोज केसी र पोखरा महानगर सचिव टुवराज बास्तोलाले लामिछानेको निधनले पार्टीका लागि अपूरणीय क्षति पुगेको बताएका छन् ।

Previous Post

आज मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्र मनाइँदै

Next Post

काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री केसीको निर्देशन

Next Post

काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री केसीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन