Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

नीतिप्रेस by नीतिप्रेस
April 1, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री पाँच दिने आपचारिक भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

नेपाल-थाइल्याण्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।

सन् १९५९ नोभेम्बर ३० मा नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध गाँसिएको थियो । त्यसयताका ६५ वर्षमा थाइल्याण्डका प्रधानमन्त्रीले एकपटक मात्र नेपाल भ्रमण गरेका छन् ।

यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । प्रधानमन्त्री बिमस्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्न थाइल्याण्ड गएका हुन् ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्याण्डमा अप्रिल २ देखि ४ सम्म हुँदैछ । शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सहभागिता अप्रिल ४ मा मात्र हुनेछ ।

भ्रमणका बेला थाइल्याण्डका समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ । द्विपक्षीय बैठक सकिएपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डबीच आठवटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

हस्ताक्षरका लागि तयार गरिएका आठवटा एमओयू तथा सम्झौतापत्रमध्ये दुईवटा सरकारी निकायबीच र छ वटा गैरसरकारी निकायबीच हस्ताक्षर हुनेछ ।

दुई देशका सरकारी निकायबीच यसपटक पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

Previous Post

गण्डकीका मन्त्री थापाद्वारा सामाजिक सेवामा ७९ लाख खर्च

Next Post

हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफलः भट्टराई

Next Post
हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफलः भट्टराई

हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफलः भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन