• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको बड्स एकेडेमीमा पुरस्कार वितरण [फाेटाेफिचर]

नीतिप्रेस by नीतिप्रेस
April 1, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित बड्स एकेडेमीमा दुई दिवसीय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्म र दोस्रो दिन कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा हस्तलेखन, नेपाली विषयमा उत्कृष्ट, स्पेलिङ कन्टेष्टलगायतका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

यस्तै २०८० को विभिन्न खेल गतिविधिमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई ट्रफी र मेडलसहित पुरस्कृत गरिएको थियो । साथै रेड हाउस सदन विद्यालयको बोर्ड प्रस्तुतिकरणमा प्रथम भएकोमा पुरस्कृत गरिएको थियो ।

यसैगरी एनव्याव्सन टिटी खेलमा प्रथम हुने छात्रतर्फ विवेक गिरी र सुप्रिम देवकोटा तथा छात्रातर्फ पूजा वाग्ले र सभ्यता पौडेललाई नगदसहित पुरस्कृत गरिएको विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले जानकारी दिए ।

यस्तै २०८० को एसईईमा एनव्याव्सन कास्कीमा प्रथम स्थान हासिल गर्ने विद्यालयकी विमला पौडेललाई नगदसहित पुरस्कृत गरिएको थियो ।

पौडेल २०८० को एसईई परीक्षामा एनप्याव्सनमा छात्रातर्फ सर्वोत्कृष्ट बनेर सम्मानित भइन् । पौडेलले एसईई परीक्षामा ३दशमलव९६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट बनेकी थिइन् । एसईईमा उत्कृष्ट बड्स एकेडेमीलाई एनप्याव्सन कास्कीले सम्मानसमेत गरेको थियो ।

साथै २०८० को कक्षा ८ को परीक्षामा ४ जिपिए हासिल गर्ने पूजा वाग्ले, सभ्यता पौडेल, दीपलक्ष्या सुनार र नीरु कुँवरलाई पनि पुरस्कृत गरिएको प्राचार्य वाग्लेले बताए ।

उनका अनुसार विद्यालयका सहायक प्राचार्य विष्णुहरि देवकोटा र शैक्षिक विभाग प्रमुख गीता डुम्रे भण्डारीलाई दीर्घसेवा सम्मान गरिएको थियो ।

विद्यार्थीले गीत, नृत्यलगायतका विभिन्न सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए ।

पहिलो दिनको कार्यक्रम उद्घाटन गर्दै समाजसेवी एवं शिक्षासेवी नरेन्द्रमान लालचनले बड्स एकेडेमी पोखराको उत्कृष्ट विद्यालय भएको भन्दै अबको शिक्षा व्यवहारिक हुनुपर्ने खाँचो औंल्याए । उनले अबको देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्न सक्नुपर्ने स्पष्ट पारे ।

समापन कार्यक्रम उद्घाटन गर्दै पोखरा महानरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शैक्षिक मात्र होइन हरेक विधानमा बड्स उत्कृष्ट रहेको बताए । उनले विद्यार्थीले आफ्नो दीर्घकालीन भविष्य सोचेर अध्ययन गर्नुपर्नेमा जोड दिए ।

विद्यालयले हरेक वर्ष शैक्षिक नतिजालगायत अन्य गतिविधि सुधार गर्दै अघि बढेको भन्दै आचार्यले आगामी दिनमा थप उन्नतिको कामना गरे ।

बड्स पोखराकै प्रतिष्ठित शैक्षिक संस्था भएको भन्दै आफ्नो गरिमालाई कायम राख्न विशेष ध्यान दिन आग्रह गरे ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमी पोखराका अब्बलमध्येको एक शैक्षिक संस्था भएको बताए ।

गत वर्षको एसईईमा बड्सकै बिमला पौडेलले उत्कृष्ट अंक हासिल गरी एनप्याव्सनबाट उनीसहित विद्यालय नै सम्मानित भएको स्मरण गर्दै उनले आगामी दिनमा पनि उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

अधिकारीले विद्यार्थी पौडेललाई आगामी दिनमा के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा सिंगो एनप्याव्सन तयार रहेको स्पष्ट पारे । उनले विद्यार्थीलाई समयले माग गरेको सीपयुक्त शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।

विद्यालय व्यवस्थापन समितिकाा निवर्तमान अध्यक्ष जगत पहारीले सबैको मेहनतले विद्यालय उत्कृष्ट भएकोमा निकै खुसी लागेको बताए ।

विद्यालयका प्राचार्य वाग्लेले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका बताए । विद्यालयलाई उत्कृष्ट बनाउन र विद्यार्थीलाई धेरै भन्दा धेरै ज्ञान दिलाउन सक्दो प्रयत्न गर्ने उनले प्रतिवद्दता जनाए ।

वाग्लेले विद्यालय यो स्थानसम्म आउनुमा सञ्चालक समिति, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, कर्माचारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

नले विद्यार्थीलाई समय परिवेश अनुसार गुणस्तरीय र प्रविधि तथा सीपयुक्त शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे ।

प्राचार्य वाग्लेले एकेडेमीले अन्तर्राष्ट्रिय स्तरको बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अबलम्बन गर्दै आएको बताए ।

साथै विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकास ध्यानमा राख्दै सीबीएलसँग सहकार्य गरेर उच्च स्तरीय शिक्षण विधिको प्रयोग गरिएको उनले जानकारी दिए ।

अभिभावक गीता खत्रीले बड्स गत वर्षको एसईईमा उत्कृष्ट भएकोमा खुशी व्यक्त गर्दै आगामी वर्षमा पनि अझै उत्कृष्ट हुनुपर्नेमा जोड दिइन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो दिन प्राथमिक तह संयोजक मीना श्रेष्ठ र दोस्रो दिन प्रशासक एवं कार्यक्रम संयोजक ध्रुव पोखरेलले स्वागत गरेका थिए ।

दुवै दिनको कार्यक्रम सञ्चालन शैक्षिक विभाग प्रमुख गीता डुम्रे भण्डारीले गरेकी थिइन् ।

२०६२ सालमा स्थापित बड्स एकेडेमीमा चार सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

तस्बिरहरु

Previous Post

बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव

Next Post

कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना

Next Post

कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन