पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामै तीन हजार नौ सय रुपैयाँ घटेको छ ।
हालसम्मकै रेकर्ड कायम गरेको छापावाला सुनको भाउ आज घटेसँगै तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार तोलाको एक लाख ८० हजार तीन रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा आज सुनको भाउ एक लाख ७६ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामै एक सय २५ रुपैयाँ घटेको छ । बिहीबार तोलामा एक हजार नौ ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार आठ सय ७० रुपैयाँ कायम भएको छ ।
आज पोखरामा चाँदीको भाउ तोलाको एक नौ सय रुपैयाँ कायम भएको छ ।






