• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तीन सय ९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा

नीतिप्रेस by नीतिप्रेस
April 6, 2025
in नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ ।

आईतवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ति स्थानीय तहका विमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनु भयो । तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताउनु भयो । उहाँकाअनुसार वि.स. २०७४/०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८÷७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकचोटी बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताए। 

उनले भने, ‘देशका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको छ । अर्थात ४७.२ प्रतिशत स्थानमा बोर्डको आफ्नै सेवा बिन्दु छ । ३९७ स्थानीय तह अर्थात ५२.७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न सकेको अवस्था छैन । ति स्थानीय तहमा रहेका विमितहरुले नजिकैको अर्को स्थानीय तहमा गएर प्रथम सेवा बिन्दु लिनुपर्ने स्थिति छ । त्यसकारण ति स्थानीय तहमा बीमामा आवद्धताको विषयमा प्रश्नको विषय बनेको छ । सुविधाको अवस्थालाई विश्लेषण गर्दाखेरि सुगम स्थानीय तहमा प्रथम सेवा बिन्दुहरु पुगेको र तुलनात्मक रुपले पिछडिएका स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको अवस्था देखिन्छ । स्वास्थ्य बीमा नविकरण नगर्ने विमितहरु आर्थिक वर्ष २०७४/०७५ मा ५४ प्रतिशत थिए । यो संख्या ०७८÷७९ मा ६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०८१/८२ मा त्यो संख्या ५४ प्रतिशत रहेको देखिन्छ । एकपटक विमित भइसकेपछि किन नविकरण गरेरन ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । छोड्नेहरुको दर उच्च हुनुको कारण पहिचान गरि त्यसको त्यसको समाधानमा विशेष ध्यान दिनु जरुरी देखिन्छ ।’

दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उहाँको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उहाँले जानकारी दिनुभयो । लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।

Previous Post

वन डढेलो नियन्त्रणका लागि उपकरण र जनशक्तिको अभाव

Next Post

कठोर ढंगले बजेटको ‘रिफम’ गरौँ : पूर्व मुख्यसचिव कोईराला

Next Post

कठोर ढंगले बजेटको ‘रिफम’ गरौँ : पूर्व मुख्यसचिव कोईराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन