• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’ सकियो

नीतिप्रेस by नीतिप्रेस
April 6, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलमा दुई दिवसीय ‘फुड कार्निभल-२०८१’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

कार्निभलमा कक्षा ११ र १२ का होटल म्यानेजमेन्टमा अध्ययनरत पोखराका नाम चलेका चार तारे होटलमा तालिम प्राप्त विद्यार्थीद्वारा तयार पारिएका विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिएको थियो ।

कार्निभलको पहिलो दिन कक्षा ५ सम्मका र दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार एवं अतिरिक्त क्रियाकलाप पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा न्यु ग्यालेक्सी ब्याण्ड तथा दक्षिण कोरियाली गायक चोइकोले लाइभ प्रस्तुति प्रस्तुत गरेका थिए । साथै विद्यार्थीले लाइभ कुकिङ, फ्रुट कार्भिङ, फेयर बार टेन्डिङ, कल्चर शो, लाइभ म्युजिक र मनोरञ्जनात्मक खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटनमा एनप्याब्सन गण्डकीका अध्यक्ष तिलक अधिकारी र समापनमा हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी सहभागी थिए ।

कार्यक्रम उद्घाटन गर्दै अधिकारीले शिक्षासँगै सीपलाई जोडेर विभिन्न प्रदर्शन न्यु ग्यालेक्सीले गरेको भन्दै तारिफ गरे । स्कुलले पोखरामा बेग्लै पहिचान बनाएको र अरुलाई समेत सिक्ने वातावरण बनेको उनको भनाइ थियो ।

समापन कार्यक्रममा जैशीले विद्यालयमा व्यवहारिकभन्दा औपचारिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । हरेक बालबालिकाका लागि आमाबाबा, शिक्षा, व्यवस्थापक, साथी सबै हुन्, समय व्यवस्थापन गरेर उनीहरुकै रुचि अनुसार अगाडि बढ्न सक्नुपर्ने उनले बताए ।

विद्यालयका संस्थापक प्राचार्य डा. रामजी शर्माले स्कुलले विभिन्न गतिविधिमार्फत उपलब्धी हासिल गरेको बताए । विद्यार्थीलाई नयाँ प्रविधि र सोचमा ध्यान दिँदै सोही अनुसार प्रयोगात्मक शिक्षालाई जोड दिँइदै आएको उनले स्पष्ट पारे ।

विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले रुचि अनुसारका गतिविधिमार्फत विद्यार्थीलाई सिक्ने अवसर विद्यालयले मिलाउँदै आएको बताए ।

उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका स्पष्ट पारे ।

सहायक प्राचार्य राजेश भण्डारीका अनुसार विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको छ । कार्निभलमा स्वादभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखेर खानाका परिकार प्रस्तुत गरिएको भन्दै उनले कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरे ।

विद्यालयका संस्थापक लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा हिसान गण्डकीका कोषाध्यक्ष टुवराज बास्तोला, अभिभावक बद्रीनाथ तिमिल्सिना र कमला वाग्ले, कन्या माध्यमिक विद्यालयका शिक्षक तारानाथ भण्डारी, कार्निभल संयोजक शिक्षक अरुण मानन्धरलगायतले बोलेका थिए ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच १८ विद्यार्थी छन् ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।

Previous Post

कठोर ढंगले बजेटको ‘रिफम’ गरौँ : पूर्व मुख्यसचिव कोईराला

Next Post

कांग्रेस सभापति देउवाले भेटे पत्रकार रजकका परिवार

Next Post

कांग्रेस सभापति देउवाले भेटे पत्रकार रजकका परिवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन