• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जलवायु परिवर्तनसम्बन्धी मुद्दाका लागि संघीय संसदका सांसदहरुको संयुक्त फोरम बनाउन सांसदहरुको जोड

नीतिप्रेस by नीतिप्रेस
April 15, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जलवायु परिवर्तनको विषयमा संघीय संसदका दुवै सदनका सांसदहरु सम्मिलित फोरम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।


हालैमात्र शाक्य अन्तरव्यवस्थापिका संघ (आइपियु) को दिगो विकास स्थायी एशिया—प्रशान्त क्षेत्रबाट विजयी हुनुभएको छ भने गौतम पनि १५० औं अन्तरसंसदीय संघ (इन्टर पार्लियामेन्ट्री युनियन आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित हुनुभएको छ । मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै दुवै सांसदहरुले जलवायु परिवर्तनका लागि संयुक्त फोरम निर्माण गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शाक्यले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि पनि राष्ट्रिय सभा र प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु समेत अट्ने गरी संयुक्त समिति बनाउनुपर्नेमा जोड दिनुभयो । देश निर्माणका लागि बजेट निर्माण सम्बन्धी संयुक्त कमिटी बनाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय फोरमहरुसँग सम्बन्धित विभिन्न समितिमा नेपालको उपस्थिति कमजोर रहेको भन्दै अब नेपालले सहभागिता बढाउने गरी अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यसको लागि आन्तरिक तयारीलाई पनि त्यत्तिकै जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले अब ३ वटा कमिटी बनाउनुपर्छ की जस्तो लागेको छ । संयुक्त रुपमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा । संयुक्त कमिटी जस्तो बजेट निर्माणमा । देश निर्माणमा कसरी हामी अघि बढ्न सकिन्छ ? भन्दा सबै सांसदहरुको स्वामित्व रहने गरीकन । अर्को भनेको क्लाइमेट चेन्जमा पनि आवश्यक रहेको छ । जसमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै प्रदेश सभाका सांसदहरु पनि कसरी अटाउन सकिन्छ भन्नेकुरा हो । हाम्रो इन्टरनेशन रिजलेशनमा हामीले पनि अब ध्यान दिनुपर्ने आवश्यकता महशुस भएको छ । जस्तो सस्टेनेबल डेभलपमेण्टमा छ, सेक्युरिटमा छ । हेल्थमा छ । यसमा नेपालको सहभागिता अलि कम भएको देखिएको छ । यसका लागि हामीले आन्तरिक तयारी गर्नुपर्छ ।


कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु सहभागी संयुक्त फोरम बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । जलवायु परिवर्तनका मुद्दाहरु राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास लगायतका समितिहरुमा छलफल हुने गरेको भएपनि संसदमा पनि छुट्टै कमिटी बनाउन जरुरी देखिएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको मुद्दा नेपालका लागि महत्वपूर्ण विषय रहेकाले फोरम बनाएर अघि बढ्दा कतिपय समस्या समाधान हुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुखज्युले त्यहाँको महासभालाई सम्बोधन गर्ने क्रममा पनि क्लाइमेट इस्युमा बढी महत्व दिएर विषय राख्नुभयो । हामी संसारभरका जुनसुकै फोरममा जाँदा पनि क्लाइमेट इस्युलाई बढी महत्व दिएर कुरा गरेका छौँ । अबदेखि सम्माननीयज्युसँग पनि मेरो अनुरोध छ । हामीले क्लाइमेटका लागि छुट्टै अन्तर्राष्ट्रिय फोरमहरुमा जहाँ पनि गएर क्लाइमेटका विषयहरु हामी गर्छौं । तर हामीले हाम्रै पाल्र्यामेण्टमा ट्याक्कै डेडिकेटेड कमिटी छैन । आफ्नै समितिमा दिगो विकासमा केही कुरा गरिरहेका हुन्छौँ । राष्ट्रिय सभामा कुनै समितिमा केही कुरा गरेको होला । उर्जामा, वनमा भइरहेको होला । धेरै ठाउँमा छुट्टाछुट्टै तवरले भइरहेको छ । तर क्लाइमेट नेपालको महत्वपूर्ण विषय र सेन्टरमा भएको विषय भएकाले कसरी निर्माण गर्ने हो, तर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुको एउटा चासो भएका सांसदहरुको एउटा फोरम बनाउँदा उपयुक्त हुन्छ । त्यसले गर्दा कहाँ के भइरहेको छ ? कहाँ भाग लिइरहेका छौँ, त्यो पनि संसदलाई जानकारी हुन्छ ।’


सांसदहरुले आइपियुमा भाग लिन हरेक ६ महिनामा जानुपर्ने भएकाले नयाँ टिमलाई भाग लिइसकेका सांसदहरुले जानकारी गराउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

Previous Post

आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछः सभामुख घिमिरे

Next Post

अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप तथा पहिलो पारा च्याम्पियनसिप हुँदै

Next Post

अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप तथा पहिलो पारा च्याम्पियनसिप हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन