• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई

नीतिप्रेस by नीतिप्रेस
April 16, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


नेपाल समाजवादी पार्टी (नयाँ शक्ति )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा नेपाली काँग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र नै प्रमुख कुरा रहेको बताउनु भयो । उहाँले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्दै र खराब गुणलाई त्यागेर अगाडी बढ्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सकिने धारणा राख्नुभयो । पछिल्लो समय प्रतिगामी तत्वहरू सलबलाउन खोजेको भन्दै अध्यक्ष डा. भट्टराईले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रही सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
डा. भट्टराईले भन्नुभयो, “लोकतन्त्र नै प्रमुख कुरा हो । उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र यी एउटै रुखका दुई वटा हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्ने, खराब गुणलाई त्याग्ने गरी अगाडी बढ्यौँ भने हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अगाडी जान सक्नेछौँ । अहिले विभिन्न ढङ्गले प्रतिगामी तत्त्वहरू सलबलाउन खोजेका छन् । यस्तो अवस्थामा हामीले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडी बढौँ ।


अध्यक्ष डा. भट्टराईले आफू काँग्रेस र कम्युनिस्ट दुवै गुण भएको र अलि अगाडी बढेको मान्छे भएको जिकिर गर्नुभयो । उहाँले आफू सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे भएको बताउँदै ०३३ सालसम्म काँग्रेसको निकट र त्यसपछि २०७३ सम्म कम्युनिस्ट पार्टीमा रहेर राजतन्त्रको विरोधमा खरो प्रस्तुत भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “म त सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे हो । त्यसैले ०३३ सालसम्म काँग्रेसको निकटमा रहे । म कुनै पार्टीमा थिइन । नातागोताहरू सबै काँग्रेसी हुनुहुन्थ्यो । त्यति बेला बिपीले राजासँग मेलमिलाप भनेर आउनुभयो, त्यति बेला बिपीलाई नै यो ठिक छैन भनेर भनेको थिए । पछि, कम्युनिस्टहरूले राजतन्त्र अन्त्यको नारा दिन्थेँ । त्यस बेला गणतन्त्रको पक्षमा रहेका कम्युनिस्टहरूसँग लागेर ०७२ सालसम्म कम्युनिस्ट पार्टीमा रहे । मेरो सार नै राजतन्त्र ठिक होइन भन्ने हो । म अलिकति काँग्रेस हो । अलिकति कम्युनिस्ट हो । दुवैको गुण भएको र अलि अगाडी बढेको मान्छे हुँ ।”


उहाँले राजनीतिमा मूल्यमान्यता र निष्ठा भन्दा व्यक्तिका तडकभडक र सम्पतीको मोह हावी भएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

Previous Post

नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो

Next Post

स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा

Next Post

स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन