• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वैशाखको अन्तिमसम्ममा संसदबाट शिक्षा विधेयक पारित हुन्छ

नीतिप्रेस by नीतिप्रेस
April 23, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुधवार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वैशाख १२ गतेदेखि शुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संसद अधिवेशनको नियमित कार्यसूचिका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भएपनि शिक्षा विधेयक पारित गर्ने उहाँको भनाइ छ । उहाँल शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताउनु भयो । ऐन कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने बताउनु भयो । उहाँले  शिक्षकहरुमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गर्नुभयो । सरकारले जनाएको प्रतिवद्धतालाई शिक्षकहरुले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ ? उहाँहरु स्वयंले जान्नुहोस् । त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस् तर सरकारले उहाँहरुको न्यायोचित मागहरु पूरा गर्छ भन्नेकुरामा, समयमै विधेयक आउने कुरामा  संसदले काम गरिरहेको छ । एकदिन पनि समितिबाट आएको प्रतिवेदन एकदिन पनि होल्ड नगरी  अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भएपनि पार्लियामेन्टमा विधेयक आएपछि  एकदिन पनि ढिलो नगरीकन हामी यो विधेयक पारित गर्छौं । र उहाँहरुका कयौँ राम्रा कुराका विषयहरुलाई सम्बोधन गरेर हामीले यो ऐनलाई अगाडि बढाउँछौँ । हामीले ग्यारेन्टी दिने गरी काम गरेका छौँ । अहिले संसदले बनाएको समिति समितिले बनाएको उपसमिति त्यसले प्राप्त गरेको समयसीमालाई ख्याल गरेर उहाँहरुले अहोरात्र काम गरिरहनु भएको छ । सरकारको तर्फबाट आवश्यक प्रभावकारी संयोजन भइरहेका छ । जब उपसमिति समितबाट रिपोर्ट पार्लियामेन्टमा आउँछ, बजेटसँग सम्बन्धित सरकारी बिजिनेस यदि कार्यसूचिमा छ भने त्यो रिपोर्ट आएपछि एकदिन पनि नरोकी बरु एक दुई दिन त्यसलाई होल्ड गर्न प¥यो बजेटसँग रहेका कार्यसूचीलाई होल्ड गर्नुप¥यो भने होल्ड गर्छौं । प्रतिवेदन आएको दुई दिन पनि नराखी पार्लियामेन्टबाट हामी पारित गराउँछौँ । त्यसकारण २२ वा २२ गतेसम्म उपसमितिले समितिलाई प्रतिवेदन पेश गर्ने समितिले एकाध हप्ता छलफल गर्दा यसको अन्तिमसम्म पेश ग¥यो भने मलाई लाग्छ यो महिनाकै अन्तिममा त्यो हाराहारीमा एकाध दिन तलमाथि होला हामी पारित गर्ने ठाउँमा हुन्छौँ । शिक्षक साथीहरुलाई विश्वस्त पार्ने गरी उहाँहरुको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ । हामीले काम गरिरहेका कुराहरुलाई पनि उहाँहरुले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनु पर्ने अवस्था छ र  त्यस आधारबाट हेर्ने हो भने उहाँहरुले नियमित शैक्षिक गतिविधिहरुमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुप¥यो, त्यसमा उहाँहरु सकारात्मक भएर नियमित काम प्रक्रियाहरु शैक्षिक गतिविधिहरुमा जोडिने कुराहरु ने उहाँहरुका लागि पनि हितकर हुन्छ भन्ने हाम्रो सार्वजनिक अपिल हो आग्रह हो ।


नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वैशाख १९ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत हुने बताउनु भयो । उहाँले सभामुखसँगको छलफलमा शिक्षा विधेयकको विषयमा खास छलफल नभएपनि समितिबाट संसदमा विधेयक आयो भने प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको बताउनु भयो । आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममाथि हुने छलफल नै प्रमुख विषय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले कुनै फेरबदल नगरे १९ गते नीति तथा कार्यक्रम ल्याउने र राष्ट्रपतिको सम्बोधन गराउने । र त्यसपछि नीति तथा कार्यक्रम सकेर बजेटको प्राथमिकता र सिद्धान्तका विषयमा छलफल शुरु गराउने र त्यो छलफल सकिएपछि अनि बजेटको उसमा जाने भन्ने विषयमा छलफल भयो । यसलाई आधिकारिकता दिन १२ गते १ बजेदिखि बैठक हुन्छ । १२ गते ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भन्ने निर्णय भयो । शिक्षकहरुको आन्दोलनको विषयमा खासै प्रवेश भएन तर शिक्षक विधेयक बीचमा आएदेखि शिक्षकहरुको विधेयकलाई कतै स्पेश राखेर सम्बोधन गर्ने हिसावले छलफल गरेका छौँ । उनीहरुको विधेयक पहिला त समितिबाट संसदमा आउनु प¥यो, संसदमा आएमा प्राथमिकताका साथ अरु कार्यक्रमलाई पछाडि धकेलेर भएपनि त्यो विधेयकलाई अगाडि बढाउने कुरा भयो ।’

Previous Post

जेभियर इन्टरनेशनल स्कुलमा कार्लोसलाई स्वागत

Next Post

माओवादी केन्द्रको आरोप सरकार पूर्ण रूपमा फेल भइसक्यो

Next Post

माओवादी केन्द्रको आरोप सरकार पूर्ण रूपमा फेल भइसक्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन