Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल

नीतिप्रेस by नीतिप्रेस
April 23, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्नेमा गम्भीर रहेको बताउनुभएको छ ।


आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ समितिमा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुले संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा जोड दिनुभएको र त्यसमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले तीन तहको सरकारको प्रवन्ध गरिएको र तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरु पनि निर्धारण गरिएको उल्लेख गर्दै संस्थागत गरिएको प्रवन्ध अनुशरण गर्न केही कठिन भएको बताउनु भयो । उहाँले संविधानअनुरुप अभ्यस्त हुन केही समय लागेको भएपनि अब समय नलाग्ने बताउनु भयो । 
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अफ्ठ्यारो कहाँनेर परेको छ भने हामीले संविधानमा एउटा प्रवन्ध ग¥यौँ । तीन तहको सरकारको प्रवन्ध ग¥यौँ । तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरु पनि निर्धारण ग¥यौँ । पालिका, प्रदेश र संघले के गर्ने ? भन्ने हामीले संस्थागत गरेका छौँ । संस्थागत गरिएको प्रवन्ध अनुशरण गर्न हामीलाई अलिकति उकालो उकालो भइरहेको छ । अहिलेसम्मको अनुभवले त्यो बताउँछ । संविधानअनुरुप अभ्यस्त हुन हामीलाई समय पनि लाग्यो । हामी संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा यहाँहरुको जोड छ । यसलाई गम्भीरतापूर्वक लिएको छु । ’


उपप्रधानमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बनेटबाट सांसदहरुले महत्वपूर्ण सुझाव दिनुभएको र सुझावहरुलाई समेटेर बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । परिस्थिति असहज भएकाले बजेट निर्माण गर्दा बजेटको साइज, विनियोजन कौशलता र कार्यान्वयनको सुनिश्चितताका साथै प्राथमिकतका निर्धारण गर्ने क्रममा छलफलको विषय बनाएर अघि बढ्ने बताउनु भयो ।

Previous Post

सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव बजेट अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने हुनुपर्छ

Next Post

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक

Next Post
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन