• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा बृहत् पैदल यात्राको तयारी, मोटरसाइकल र्‍याली सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
April 26, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, बैशाख  १३, २०८२

मानवसेवा फाउण्डेशनको आयोजनामा बैशाख १४ गते बेलुकी ६:०० बजे बिरौटास्थित कोटिहोम महायज्ञ परिसरबाट श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भाव प्रवाहका लागि बृहत् पैदल यात्रा शुभारम्भ हुँदैछ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने यो महायज्ञलाई भव्य बनाउन यो यात्राले पोखरावासीमा धार्मिक जागरण र उत्साह थप्ने अपेक्षा गरिएको छ। फाउण्डेशनले सबैलाई यो पवित्र कार्यमा सहभागी हुन विनम्र अनुरोध गरेको छ।

यसैबीच, आज बिहान पोखरामा फाउण्डेशनद्वारा आयोजित बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। महायज्ञको प्रचार र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले भएको र्‍यालीमा सयौं मोटरसाइकल चालकहरूले सहभागिता जनाए। बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्‍यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः कोटिहोम स्थलमा समापन भएको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्‍यालीले धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। “र्‍यालीले महायज्ञप्रतिको उत्साह बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई प्रेरणा मिलेको छ,” उहाँले भन्नुभयो। र्‍यालीमा सहभागीहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे भने धार्मिक भजन र नाराहरूले वातावरण उत्साहपूर्ण बन्यो।

र्‍यालीको विशेष आकर्षणमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवरको सहभागिता थियो। उहाँले र्‍यालीले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो।

फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू आयोजना गरिरहेको छ। बैशाख १४ गते बृहत् पैदल र बैशाख १६ गते बृहत् कशलयात्रा हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्‍याली र बैशाख १२ गते ट्याक्सी र्‍याली सम्पन्न भइसकेका छन्।

Previous Post

हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइनः अध्यक्ष दाहाल

Next Post

बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छौँः उद्योगमन्त्री भण्डारी

Next Post

बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छौँः उद्योगमन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन