• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

नीतिप्रेस by नीतिप्रेस
April 30, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।


बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन् । एकीकृत समाजवादीले अपमानपूर्ण इतिहासलाई बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको पत्रमा उल्लेख गरेको छ । यस्तै उक्त कारणले आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत पत्रमा व्यक्त गरेको छ । पार्टीले समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ विभिन्न बुँदामा प्रश्ताव अगाडि सारेको हो । एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीसमक्ष बुझाएको पत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैर आवासीय नेपाली लगायतका शिर्षकमा विभिन्न माग राखिएको छ । यस्तै एकीकृत समाजवादी संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ । शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका दश वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने माग समेत पार्टीले राखेको छ । प्रधानमन्त्री ओलीलाई मागसहितको ज्ञापन पत्र बुझाएपछि पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जनताहरू कुशासनको जाँतोमा पिल्सिएको भन्दै जतासुकै भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्ती कारण नागरिकले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको बताउँदै कुशासनको जज्ञ्जिरबाट नागरिकलाई मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुशासनको जाँतोमा किचिएका जनताहरूलाई त्यसबाट मुक्त गर्न राज्य, सरकार र प्रधानमन्त्री संवेदनशील हुनुपर्ने बताउँदै जनतालाई सुशासन दिनुभयो बताउनु भयो । उपाध्यक्ष ज्वालाले व्यापक रूपमा फैलिएको भ्रष्टाचारको जालोलाई तोडेर नागरिकलाई सुशासन, शान्ति र अमन चयनको अनुभुति गराउन आफ्नो तर्फबाट सरकारलाई सहयोग गर्ने जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, “जनताहरू कुशासनको जाँतोमा यति धेरै किचिएका छन्, यति धेरै पिल्सिएका छन् । जतासुकै भ्रष्टाचार, घुसखोरी अनियमितता छ, ढिलासुस्ती छ, हरेक ठाउँमा मान्छेहरूले सास्ती भोग्नुपरेको छ । कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको छ । त्यसैले कुशासनको जनझिरबाट मान्छेलाई मुक्त गर्नुप¥यो। राज्य त्यसमा सिरियस हुनुप¥यो । प्रधानमन्त्री, सरकार त्यो कुरामा सिरियस हुनुप¥यो । जनतालाई सुशासन दिनुप¥यो । व्यापक रूपमा भएको भ्रष्टाचारको जुन जालो छ, त्यसलाई तोड्नको निम्ति भ्रष्टाचारीहरूलाई कारबाही गर्नुप¥यो । घुस खोर, तस्करहरू, नाफाखोरहरूलाई कडाभन्दा कडा कारबाही गर्नुप¥यो । जनताले सुशासन, शान्ति र अमन चयनको अनुभुति गर्न सकुन् । त्यसमा हामी पनि हाम्रोतर्फबाट सहयोग गर्छौं ।”


उपाध्यक्ष ज्वालाले प्रधानमन्त्रीले आफूहरूका मागप्रति चासो देखाएको बताउनुभएको छ । उहाँले ती मागहरूलाई सम्बोधन गर्ने समेत प्रतिवद्धता जाहेर गरेको बताउनु भयो ।

Previous Post

‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

Next Post

विधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट

Next Post

विधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन