• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट

नीतिप्रेस by नीतिप्रेस
April 30, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्ने बताएका छन् ।

आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशनः साइबर सेक्युरिटी एण्ड एआई’ विषयक सेमिनारमा उनले यस्तो बताएका हुन् । उनले प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षाको खतरा पनि उत्तिकै रहेको बताए । 

सूचना प्रविधिको विकास र प्रयोगमार्फत् मुलुकको सामाजिक-आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार लागिपरेको भन्दै उनले यो डिजिटल युगमा सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिने उल्लेख गरे ।  

‘कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भनिरहँदा प्रविधिको क्षेत्रमा भएको दू्ततर विकासले पछिल्लो समय सूचना प्रविधि पनि प्रमुख आधारका रुपमा थपिएको छ, प्रविधिपोख्त युवाका माध्यमबाट सञ्चार तथा सूचना प्रविधिको अधिकतम् उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ’, उनले भने ।

उनले नेपाल डिजिटल अर्थतन्त्रतर्फ तीब्र गतिमा अघि बढिरहेको सन्दर्भमा देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता रहेको उल्लेख गरे । 

उनले थपे, ‘आज शिक्षा, स्वास्थ्य, बैंकिङ, उद्योगदेखि सरकारी सेवा तथा प्रशासन डिजिटल प्रविधिमा रुपान्तरण भइरहेको छ । साइबर सुरक्षा र कृत्रिम बौद्धिकताजस्ता प्रविधि अब प्रविधि विज्ञका लागि मात्र नभई आम नागरिकका लागि समेत आवश्यक ज्ञान बनिसकेको छ ।’

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भइसकेको उल्लेख गर्दै उनले एआईको प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरी राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१ को मस्यौदामाथि छलफल भइरहेको जनाए । 

भट्टले अहिले विज्ञान प्रविधिको क्षेत्रमा अभूतपूर्व रूपले एआईको प्रयोग हुँदै आएकोमा यसको प्रयोग नैतिक, जिम्मेवार र पारदर्शी हुन आवश्यक रहेकोमा जोड दिए ।

‘साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता छ, विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानून नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न नै यो कदम चालिएको हो’ उनले भने । 

कार्यक्रम क्यान महासंघ, कास्कीका अध्यक्ष पुरुषोत्तम कुवँरको अध्यक्षतामा भएको थियो ।

नेपालमा यस वर्ष पनि मे २ तारिखका दिन “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नाराका साथ आठौं आईसिटी दिवस मनाइँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अगुवाईमा हरेक वर्ष विशेष कार्यक्रम हुने गर्दछ ।

Previous Post

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

Next Post

काउरेमा शकंरानन्दको मूर्ति अनावरण

Next Post

काउरेमा शकंरानन्दको मूर्ति अनावरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन