• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कृषि उपजमा परनिर्भरताको अन्त्य गर्न चक्लाबन्दी खेती गर्नुपर्नेमा सांसदहरुको जोड

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । कृषि उत्पादनमा वृद्धि गर्न तथा कृषि उपजमा परनिर्भरताको अन्त्य गर्न चक्लाबन्दी खेती नीति लागू गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।


आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप व्यवस्थित बनाउन अन्तरमन्त्रालय समन्वय जरुरी रहेको उनीहरुको भनाइ छ ।

नेपाली काँग्रेसका सांसद वीरबहादुर बलयारले अगामी आर्थिक वर्षबो बजेटबाटै चक्लाबन्दी खेतिको गर्न जिल्ला तोकिनुपर्ने बताउनु भयो ।

उहाँले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चक्लाबन्दी गरिए ती जिल्लाहरुले नै देशभर खाद्यान्न आपूर्ति गर्नसक्ने बताउनु भयो ।

उहाँले चक्लाबन्दीका लागि भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी दिनुपर्ने बलायरको भनाइ छ ।

उहाँले कृषि क्षेत्रका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिन समन्वय र सहकार्यमार्फत अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘कृषि उपजको लागि चक्लाबन्दीको जिल्ला तोकिनुपर्छ । त्योपनि यसैपाली यही बजेटभित्र । अब बहानाबाजीले हुनेवाला छैन । यदि देशको उन्नति गर्नुपर्ने हो भने भूमि मन्त्रालयलाई त्यो किसिमको अख्तियारी दिएर अगाडि बढ्न जरुरी छ । भूमि, कृषि र सिचाई मन्त्रालयबीच समन्वयन गराएर हामीले यस्तो व्यवस्था गर्न जरुरी छ । हामीले अहिलेसम्म सिंचाईंका यति धेरै योजना बनाएर उपलब्धी चाहीँ के पायौं त ? यदि हामीले चक्लाबन्दी गर्दियौं भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरले मात्रै धान र गहुँ खेतिमा देशलाई नै खाद्यान्न आपूर्ति गर्नसक्छ । कृषि क्षेत्रमा हामी सबैमाथि प्रश्न उठेको छ । यसको उत्तर दिनको लागि हामी सबैले आपसि समन्वयको माध्यमबाट उपलब्धी ल्याउन जरुरी छ ।’


नेकपा (एमाले)की सांसद विजुला रायमाझीले कम्तीमा कृषिमा कुल बजेटको पाँच प्रतिशत विनियोजन हुनुपर्ने माग राख्नुभयो ।

उहाँले सरकारले कृषिसम्बन्धी नीति बलियो बनाउने तर कार्यान्वयनमा ध्यान दिने नगरेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले कृषियोग्य भूमिको संरक्षण र बाझो जमिन उपयोग गर्न चक्लाबन्दी खेती अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रधावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले भन्नुभयो, ‘कृषियोग्य भूमिको संरक्षण र बाझो जमिन उपयोग नीति ल्याउनका लागि नीति तथा कार्यक्रममा सबैभन्दा बढी महत्व कृषिलाई दिइएको छ । यसको कार्यान्वयन पनि त्यसरी नै होस् । र बजेट विनियोजन गर्ने कुरामा मैले सुरुदेखि नै यो समितिमा कम्तिमा पनि कृषि क्षेत्रको बजेट ५ प्रतिशत हुनुपर्छ भनेर म सुरुदेखि नै बोलिरहेको छु । र सिंचाईलाई पनि कृषि मन्त्रालयगत नै गाभ्नुपर्छ भनेर भनिरहेको छु ।


नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले सीमावर्ती नाकाबाट मल ल्याउन प्रतिवन्ध हुँदा किसान मर्कामा परेको बताउनु भयो ।

उहाँले सरकारले मल उपलब्ध गाउनुपर्ने र गर्न नसक्ने अवस्थामा आयात सहज बनाउने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

उहाँ बैठकमा बाली उत्पादन गर्न सकिने क्षमतायुक्त जमिनहरूलाई लक्षित गर्दै सहजीकरण गर्नसके कृषि उपजको आयातमा ठूलो कटौती गर्न सकिने उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘हामीले किसानलाई मल उपलब्ध गराउन नसक्ने अनि सीमानाकाहरुमा बाहिरबाट ल्याउन नपाउने समस्या छ । हामीले पनि दिन नसक्ने र उनीहरुले भारतबाट ल्याइहालेपनि जफत गर्दा रहेछौं । उहाँहरुको माग के छ भने कित हामीहरुलाई भन्सार तिरेर मल ल्याउन दिने व्यवस्था गर्नुपर्यो । नभए सरकारले दिनुप¥यो । यसका बारेमा के गर्नुपर्ने हो । अर्को कुरा यो कृषिको क्षेत्रमा व्यापकै छलफल गर्नुपर्ने आवश्यकता छ । अहिले पनि वर्षमा तीन बाली उत्पादन गर्न सकिने ठाउँहरुमा हामीले यसका लागि सहजिकरण गर्नसक्यौं भने अर्बौंको चामल आयात रोक्न सकिन्छ ।


बैठकले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र समग्र कृषि क्षेत्रको विकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गरेको छ ।

Previous Post

राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयकमाथि छलफल

Next Post

नीति एकेडेमीमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम शुभारम्भ

Next Post

नीति एकेडेमीमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन