पोखरा । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं ३ केलादीस्थित जुक्ती खोलामा डुबेर दुई बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं ८ का १६ वर्षीय प्रमिशन पाठक र शिशिर पन्त छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार मृत्यु भएका दुई बालकसहित १७ वर्षीय अखिल लामिछाने पौडी खेल्नकै लागि भरतपुरदेखि जुक्ती खोलामा पुगेको पाइएको छ ।
आफ्ना दुई साथी पानीमा डुबेपछि लामछिानेले स्थानीयसँग हारगुहार गरेका थिए ।
स्थानीयले बालक प्रमिशन र शिशिरलाई खोलाबाट निकाल्दा उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी नेपालले जानकारी दिए ।






