• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा दुई करोडको तरबुजा उत्पादन

नीतिप्रेस by नीतिप्रेस
May 16, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो ।

तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई सय रोपनी क्षेत्रफलमा उत्पादन भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना तथा वडा नं.१३ कार्यालयको समन्वयमा तरबुजा मेला सम्पन्न भएको छ । मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मानलगायत गतिविधि भएका थिए ।

पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजा मेलामा राखिएका थिए । महानगरपालिकाको करिब दुई सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायिक कृषकले तरबुजा खेती गरेका छन् ।

महानगरको आर्थिक विकास महाशाखाले विभिन्न समयमा प्राविधिक सहायतासमेत उपलब्ध गराएर कृषकले लगाएका तरबुजा खेतीको नियमित अनुगमन र रेखदेखसमेत गरिरहेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखरामा तरबुजाको उत्पादन खेतीको अनुपातमा उत्साहजनक रहेको उनको भनाइ छ । यसको प्रवद्र्धनका लागि महानगरपालिकाले बजारीकरणमा समेत महत्त्वपूर्ण सहयोग गर्दै आएको उनले जानकारी दिए ।

पोखरा-१३ आर्वा ढाँडबेसी र पोखरा-३३ मा तरबुजा लगाइएको छ । कृषक श्रीधर बरालले पहिलो पटक तीन रोपनी जग्गामा चार सय ३० बिरुवा लगाएर तरबुजा खेतीको परीक्षण गरेको बताए ।

बरालले यहाँको हावापानी र माटोमा तरबुजा खेतीका लागि उपयुक्त रहेको पाइएको बताए । उनले उत्पादन गरेका तरबुजा दुई किलोसम्मका छन् । जेठको मध्यसम्ममा सबे तरबुजा पूर्णरुपमा विक्रीका लागि तयार हुने उनले बताए ।

कृषक बरालले भने, “तरबुजा खेती यस क्षेत्रमा व्यवसायिक रुपमा प्रथम पटक गरिएको हो, खेती गरिएदेखि आजसम्म राम्रै देखिएको छ ।’
‘
विभिन्न रोग र बाँदर आदि वन्यजन्तुबाट जोगाउन मुस्किल भएको उनको भनाइ छ । ‘खेतमै अस्थायी विश्रामस्थल बनाएर दिनरात पहरा दिइरहेको छु’, उनले भने ।

तरबुजा खेती लगाउन शुरुगरेदेखि आजसम्म करिब एक लाख भन्दा बढी लगानी भएको बरालले बताए ।

उनले भने, ‘अन्तिम समयसम्म मौसमले कत्तिको साथ दिन्छ, रोग नलागे र असिना नपरे मौसम अनकुल रहे एक बोटबाट १५ किलोसम्म तरबुजा उत्पादन गर्ने सकिने रहेछ ।’

वडा कार्यालयलेसमेत कृषि महाशाखासँग समवन्य गरी युवालाई उत्पादनमूलक कृषि कार्यमा लगाउने योजनामा रहेको पोखरा-१३ का वडाध्यक्ष किरण बरालले बताए ।

यसैबीच पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित तरबुजा मेला सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं.१३ कार्यालयको समन्वयमा भएको मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधि गरिएका थिए ।

पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजा मेलामा राखिएका थिए । मेलामा राखिएका एउटै तरबुजा करिब नौ किलोसम्मका थिए । मेलामा सहभागीले पोखरामा उत्पादन भएका तरबुजा निकै स्वादिलो र मीठो भएको प्रतिक्रिया दिएका छन् ।

Previous Post

चलचित्र ‘पुर्खाको थलो’ पोखरामा प्रदर्शन

Next Post

६ महानगरमध्ये पोखरामा सबैभन्दा बढी बेरुजु

Next Post

६ महानगरमध्ये पोखरामा सबैभन्दा बढी बेरुजु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन