• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धादिङको सिद्धेश्वर माविमा ‘चूडामणि अधिकारी स्मृति अक्षयकोष’ स्थापना

नीतिप्रेस by नीतिप्रेस
May 17, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ ठाँटीभञ्ज्याङस्थित सिद्धेश्वर माविमा ‘चूडामणि अधिकारी स्मृति अक्षयकोष’ स्थापना गरिएको छ । अधिकारीका परिवारजनले विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँको छात्रवृत्ति अक्षयकोष घोषणा गरेको हो ।

सिद्धलेक गाउँपालिका वडा नं.२ नलाङ निवासी चूडामणि अधिकारीको २०८१ जेठ १३ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

चूडामणिको वार्षिक पुण्यतिथिका अवसरमा अधिकारीकी धर्मपत्नी आत्माकुमारी अधिकारी, छोराछोरीहरु गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदीप अधिकारीले अक्षर प्रारम्भ गरी विद्यालय तहसम्मको अध्ययन पूरा गरेको विद्यालय सिद्धेश्वर माविमा अक्षयकोष घोषणा गरिएको हो ।

शुक्रबार वार्षिक पुण्यतिथिको संस्कार कार्यमा वडा न २ का वडाध्यक्ष शम्भु गुरुङको रोहवरमा अक्षयकोष रकमको चेक हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा वडाध्यक्ष शम्भु गुरुङ, सिद्धलेक गापाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवाल, साविक मैदी गाविसका पूर्वअध्यक्ष रामप्रसाद अधिकारी, सिद्धेश्वर माविका प्रधानाध्यापक हरिबहादुर सिलवाल, पूर्वशिक्षक एवं समाजसेवी टंकनाथ शर्माले शैक्षिक संस्थामा स्थापना गरिने अक्षयकोषबारे चर्चा गरेका थिए ।

कार्यक्रमा सिद्धेश्वर माविका शिक्षकहरु, मिन्दुका माविका शिक्षकहरू, नेकपा एमाले सिद्धलेकका अध्यक्ष रामहरि बराकोटी, सचिव चेतनाथ सिलवाल, उपसचिव राजु उपाध्याय र लक्ष्मी बराम, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बेनी पाठक, जिल्ला कमिटी सदस्य ईश्वरी अर्याललगायत सहभागी थिए । 

अधिकारी परिवारजनले यसअघि धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङस्थित भीमोदय माविमा पनि ‘पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष’ स्थापना गरेका थिए । 

Previous Post

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

Next Post

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला परेको छ, आज राशिफल कस्तो होला ?

Next Post

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला परेको छ, आज राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन