• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला परेको छ, आज राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
May 17, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ ज्येष्ठ ३ गते शनिबार, इस्वीसंवत मे १७ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको पञ्चमी तिथि रातिमा २ः५७ बजेसम्म त्यसपश्चात् षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा दिनमा ३ः३२ बजेसम्म त्यसपछि उत्तरषाढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ५८ घटि ३३ पलासम्म त्यसपछि शुभ योग रहनेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४५ पला अर्थात १३ घण्टा ३३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१६ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः०५ बजे र अस्ताउने समय भोलि बिहानमा ८ः३१ बजे रहेको छ । आज विश्व दूरसञ्चार दिवस, विश्व उच्च रक्तचाप दिवस रहेको छ । 

आजको राशिफल

मेषः आज शुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना पलाउन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तन मननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ । 

वृषः आज प्रतिद्वन्द्वीसँग सतर्क रहने दिन हो । पछाडि बसेर चियोचर्चो गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवन सँगीसित ठाकठुक पर्न सक्छ । अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ ।

मिथुनः आज आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ ।

कर्कटः आज मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइ लेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेम सम्बन्धमा तिक्तता आउन पनि सक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

सिंहः आज झिनामसिना र सानातिना कुरामा रुमल्लिएर आजको दिन व्यतीत हुन सक्छ । मिहिनेत गरेबमोजिमको जस नपाइए पनि हौसला घट्ने देखिँदैन् । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्ने छन् । बन्द व्यापारबाट पनि भनेजस्तै लाभ हुनेछ । पारिवारिक सम्बन्धमा सामान्य तनाव हुनसक्छ । मनमा दोधार भइरहने छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।

कन्याः आज अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना समेत छ सतर्क हुनुहोला । 

तुलाः आज स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ ।

वृश्चिकः आज मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गा जमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा/रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ ।

धनुः आज घरमा अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ ।

मकरः आज मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ सतर्क हुनुहोला । 

कुम्भः आज नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ ।

मीनः आज आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ ।

साहित (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१६ बजेदेखि ६ः५७ बजेसम्म काल बेला
बिहान ६ः५७ बजेदेखि ८ः३८ बजेसम्म शुभ बेला
बिहान ८ः३८ बजेदेखि १०ः१९ बजेसम्म रोग बेला
बिहान १०ः१९ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
दिनमा १२ः०० बजेदेखि १ः४१ बजेसम्म चर बेला
दिनमा १ः४१ बजेदेखि ३ः२२ बजेसम्म लाभ बेला
दिनमा ३ः२२ बजेदेखि ५ः०३ बजेसम्म अमृत बेला
दिनमा ५ः०३ बजेदेखि ६ः४४ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४४ बजेदेखि ८ः०३ बजेसम्म शुभ बेला
साँझ ८ः०३ बजेदेखि ९ः२२ बजेसम्म रोग बेला
राति ९ः२२ बजेदेखि १०ः४१ बजेसम्म उद्धेग बेला
राति १०ः४१ बजेदेखि ११ः५९ बजेसम्म चर बेला
राति ११ः५९ बजेदेखि १ः१८ बजेसम्म लाभ बेला
राति १ः१८ बजेदेखि २ः३७ बजेसम्म अमृत बेला
रातिमा २ः३७ बजेदेखि ३ः५६ बजेसम्म काल बेला
रातिमा ३ः५६ बजेदेखि ०५ः१५ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

धादिङको सिद्धेश्वर माविमा ‘चूडामणि अधिकारी स्मृति अक्षयकोष’ स्थापना

Next Post

अल्फा बोर्डिङमा निर्वाचनबाटै चुनियो विद्यार्थी परिषद र युवा रेडक्रस सर्कलको नेतृत्व

Next Post

अल्फा बोर्डिङमा निर्वाचनबाटै चुनियो विद्यार्थी परिषद र युवा रेडक्रस सर्कलको नेतृत्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन