• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अल्फा बोर्डिङमा निर्वाचनबाटै चुनियो विद्यार्थी परिषद र युवा रेडक्रस सर्कलको नेतृत्व

नीतिप्रेस by नीतिप्रेस
May 17, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा निर्वाचनमार्फत विद्यार्थी परिषद र जुनियर रेडक्रस सर्कलको नेतृत्व चयन भएको छ ।

विद्यार्थी परिषदको अध्यक्ष पदमा कक्षा १० का अभिषेक श्रेष्ठ विजयी भए । निर्वाचनमा उनले एक सय २७ मत प्राप्त गरे । उपाध्यक्षमा कक्षा ९ का सेरन पुन एक सय ४५ प्राप्त गरी विजयी भए । साथै सचिवमा कक्षा ८ की सेलेस्टी गुरुङ एक सय सात मतप्राप्त गरी विजयी भएकी छन् ।

यसै जुनियर रेडक्रस सर्कलको अध्यक्षमा एक सय तीन मतसहित कक्षा १० का समर पुर्जा विजयी भए ।

सर्ककलको उपाध्यक्षमा कक्षा ९ की जोय नेफिल गुरुङ एक सय ३१, सचिवमा एक सय दुई मतसहित कक्षा ८ की प्रकृति अधिकारी र कोषाध्यक्षमा एक सय ४३ मतसहित प्रतिक केसी निर्वाचित भए ।

मतदानमा कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । कूल ९३ दशमलव ७ प्रतिशत मत खसेकामो ८दशमलव७ प्रतिशत मत बदर भएको विद्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न गर्न विद्यालयका प्राचार्य विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख निर्वाचन आयुक्त, सहायक प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवं विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा थिए । सुरक्षाकर्मीको रुपका विद्यार्थी नै खटिएका थिए ।

विद्यालयका शिक्षक सन्दिप विक, आनन्द थापा, नवीन तिमिल्सिना, भारती गौतम तथा सागर अर्यालले निर्वाचनका लागि सहजीकरण गरेका थिए ।

विद्यार्थीलाई मताधिकार, मतदान प्रक्रिया, जनप्रतिनिधि छनोटका साथै निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिनका लागि मतपत्र, मतपेटिका, स्वस्तिक चिन्हसमेत व्यवस्था गरिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त एवं विद्यालयका प्राचार्य भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीमा व्यवहारिक ज्ञान दिने दावी गरे । उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

विद्यालयका सहायक प्राचार्य एवं निर्वाचन आयुक्त लम्सालले विद्यार्थीलाई अन्य निर्वाचनबारे जानकारी गराउन पनि यो निर्वाचनले राम्रो शिक्षा दिएको विश्वास व्यक्त गरे ।

Previous Post

शनिदेवको प्रिय दिनमा दुई पटक काल बेला परेको छ, आज राशिफल कस्तो होला ?

Next Post

“स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

Next Post

"स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन