• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फोटो यात्रा अभियान लिएर फोटो पत्रकार समूह बन्दीपुरमा

नीतिप्रेस by नीतिप्रेस
May 18, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । नेपाल फोटो पत्रकार समूहले प्रमुख पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा फोटो यात्रा अभियान शुरु गरेको छ ।

शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत अभियानको शुरुवात गरिएको हो।

कार्यक्रममा फोटो पत्रकारले तस्बिर र भिडियोको माध्यमबाट बन्दीपुरको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

समूहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले बन्दीपुरको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने लक्ष्यसहित पत्रकारलाई बारम्बार यहाँको ताजा तस्बिर संकलन गर्न आग्रह गरे ।

उनले बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्यले सञ्चारमाध्यममा विशिष्ट स्थान पाउने भएकाले निरन्तर फोटो अभियान आवश्यक रहेको बताए।

समूहका कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले बन्दीपुरको सौन्दर्य प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । सञ्चारकर्मीको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले फोटो पत्रकार समूहको अभियानले भ्रमण वर्ष सफलतामा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

उनले भने, “बन्दीपुरको प्रवर्द्धनका लागि सञ्चारकर्मी र फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ, तस्बिरले भावनालाई बोलाउँछ र बन्दीपुरको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिरमार्फत संसारभर पुर्‍याउने अभियानलाई हामी स्वागत गर्छौं ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सञ्चारमाध्यममा फोटो तथा भिडियोको प्रकाशन÷प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भन्दै यस अभियानले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन प्रचारप्रसार अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

समूहका तनहुँ अध्यक्ष विष्णु गौतमका अनुसार कार्यक्रममा तनहुँ र कास्कीका गरी २८ जना फोटो पत्रकार सहभागी छन् ।

Previous Post

पोखरामा ‘नवौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग’ हुने

Next Post

कास्कीका युवा नेता आचार्य कांग्रेसको राज्य प्रशासन विभागमा मनोनित

Next Post

कास्कीका युवा नेता आचार्य कांग्रेसको राज्य प्रशासन विभागमा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन