• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाडी थन्क्याएर देशभर आन्दोलन चर्काउँदै यातायात व्यवसायी

नीतिप्रेस by नीतिप्रेस
May 23, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । यातायात व्यवसायीले जेठ १५ गतेदेखि आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याएर १६ देखि देशभर नै आन्दोलनमा चर्काउने घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावलीविरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनले यस्तो घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रम घोषणा गर्न उनीहरुले बिहीबार पोखरामा विरोधसभा आयोजना गरेका थिए ।

उनीहरुले प्रदेश सरकारलाई १४ जेठसम्मको समय दिइएको र त्यतिबेलासम्म नियमावली फिर्ता नगरे देशभर नै आन्दोलनमा चर्काउने घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले ‘राइड सेरिङ’ नियमावली खारेज नभएसम्म अनिश्चितकालीन आन्दोलन चर्काउन उद्घोष गरे ।

उनले रातो नम्बर प्लेटका सवारीले मात्र यात्रु बोक्ने कि सार्वजनिक यातायातका साधन (कालो प्लेटका सवारी साधन) ले मात्र यात्रु बोक्ने निश्चित गरेरमात्र आन्दोलनले विश्राम लिने स्पष्ट पारे ।

उनले विगतमा यातायात व्यवस्थापनका लागि आन्दोलनमा उत्रने गरेको भए पनि अहिले व्यवसायलाई बचाउनका लागि आन्दोलनमा होमिनुपरेको बताए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेविरुद्ध आक्रोशित बन्दै यस विषयमा अब प्रदेश सरकारले मात्र जवाफ दिएर नहुने स्पष्ट पारे । अब याे विषय गण्डकीकाे मात्र नभएकाे उनले स्पष्ट पारे ।

सार्वजनिक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष डोलराज खनालले केन्द्रीय स्तरबाट नै आन्दोलनलाई देशभरमा लैजाने र १६ जेठबाट देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

देशको पुँजी र श्रमलाई पलायन बनाउने सड्यन्त्रमा सरकार लागेको उनले आरोप लगाए । उनले आफूहरुले जसरी पनि जित हाँसिल गर्ने उनको उद्घोष थियो ।

सार्वजनिक रुपमा यात्रा गराउने र भाडाको काम गर्ने काम कालो प्लेटले मात्र पाउने कानूनी प्रष्ट व्यवस्था हुँदा हुँदै त्यसको विरुद्धमा रातो नम्बर प्लेटलाई पनि सवारी बोक्न दिने निर्णय गरेर गण्डकीका मुख्यमन्त्रीले चलखेल गरेको उनले आरोप लगाए । उनले मुख्यमन्त्रीको यस्तो चलखेललाई कुनै हालतमा सफल हुन नदिने उद्घोष गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुख्यमन्त्री पाण्डेलाई व्यापार नगरी विकास गर्न सुझाव दिए ।

मुख्यमन्त्री पाण्डे वर्तमान व्यवस्था विरोधी, व्यवसायी, मुलुकको संविधान र ऐन कानूनको समेत विरोधी भएको आरोप लगाउँदै उनले गण्डकी प्रदेशले ल्याएको ‘राइड सेरिङ’ नियमावली कुनै पनि हालतमा कार्यान्वयनमा जान नदिने बताए ।

आफूहरु कालो कफन बाँधेर उत्रिएको भन्दै उनले राजनीतिक दलहरुलाई पनि राइड सेयरिङ नियमावलीको विषयमा कित्ताकाँट गर्न आग्रह गरे ।

यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको र अब प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसंग समेत भेटेर यो विषयको ध्यानाकर्षण गराउने उनले बताए ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आफ्नै सभापति देउवा र आफ्नै पार्टीका नेता कार्यकर्तासहित मजदुरको समेत कूरा नसुनेर नियमावली ल्याएको उनको आरोप छ।

महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले आफूहरूकाे मागलाई बेवास्ता गरिए आन्दोलनलाई व्यापक बनाउँदै लैजाने चेतावनी दिए ।

उनले भने, ‘प्रदेश सरकार गम्भीर भएर माग पूरा नगरे जेठ १६ देखि केन्द्रसँगको समन्वयमा देशव्यापी रूपमा सार्वजनिक यातायात सेवा ठप्प पार्न बाध्य हुने छौँ ।’

महासंघको केन्द्रले संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइसकेको बताउँदै सचिव केसीले माग पूरा नभएसम्म आन्दोलनको बाटो रोज्न बाध्य हुने स्पष्ट पारे ।

‘हामीले अरवौँ लगानी गरेको सार्वजनिक यातायात क्षेत्रलाई कमजोर पार्ने, बिचौलिया र कमिसन प्रणालीलाई बढवा दिने तथा यात्रुको सुरक्षामा चुनौती खडा गर्ने गरी ल्याइएको नियमावली स्वीकार्य छैन,’ उनले भने ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलसहित यातायात सम्बद्ध मजदुर संगठनका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

यसअघि पनि गण्डकीमा राइड सेयरिङसम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । प्रदेश सरकारले अहिले कार्यविधि नभई राइड सेयरिङसम्बन्धी छुट्टै नियमावली ल्याएको हो ।

Previous Post

पोखरा लेडी जेसीजले सात दिनमा सात फरक कार्यक्रम गर्ने

Next Post

नेपाल गरिबी र बेरोजगारीको दुष्चक्रबाट माथि उठ्ने सम्भावना बढ्योः पूर्वप्रधानमन्त्री भट्टराई

Next Post

नेपाल गरिबी र बेरोजगारीको दुष्चक्रबाट माथि उठ्ने सम्भावना बढ्योः पूर्वप्रधानमन्त्री भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन