• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने

नीतिप्रेस by नीतिप्रेस
May 24, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने भएकी छन् । उनले जेठ १६ गतेसम्म प्रवचन दिने कार्यक्रम छ ।

यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी थिइन् । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द निकै परिचित छ ।

यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले प्रवचन दिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले महायज्ञमा श्रीमद्भागवत कथा वाचन गर्नेछिन् ।

संयोजक ढकालका अनुसार शुक्रबारमात्र एक लाख भन्दा बढी भक्तजन कोटीहोममा आएका थिए । शुक्रबार एकादशीको दिन परेकाले वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन भएका थिए ।

ढकालका अनुसार श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गरेका थिए ।

कोटिहोममा आयोजित रक्तदानमा हालसम्म छ सय भन्दा बढी युनिट रक्तदान संकलन भएको छ । साथै राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन् ।

कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, सुप्रसिद्ध मोटिभेटर डा. ताराप्रसाद गिरीद्वारा प्रशिक्षण र विभिन्न धार्मिक क्रियाकलाप सञ्चालन भइरहेका छन्।

दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ ।

महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ ।

कोटीहोममा १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण हुने कार्यक्रम, एक मुठी माटो ल्याएर भूमि पूजनमा सहभागी हुने व्यवस्था, विवाह इच्छुकका लागि शुभ विवाह कार्यक्रम, विभिन्न पाठ-पूजा, दान र अनुष्ठान गर्ने अवसरहरू प्रदान गरिएको छ ।

साथै दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।

मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ कोटिहोम आयोजना गरिएको हो ।

Previous Post

आज शनिदेवको प्रिय दिन, दुई पटक काल बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज शनिप्रदोष व्रत गर्ने दिन, के-के गर्नुपर्छ ?

Next Post

आज शनिप्रदोष व्रत गर्ने दिन, के-के गर्नुपर्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन