• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाेखरा-२६ काे अबकाे प्राथमिकता : शिक्षा, स्वास्थ्य र रोजगार प्रवर्द्धन

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी दुई वर्षका लागि वडा विकास सम्भावनाका आधारहरुकाे खाेजी गरेकाे छ । यसका लागि विभिन्न क्षेत्रका प्रतिनिधिसँग वडा कार्यालयले छलफल गरेकाे छ । आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास सम्भावनाको आधारका बारेमा छलफल भएकाे हाे ।

तीन वर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अबका दुई वर्ष शिक्षा, स्वास्थ्य र रोजगार प्रवर्द्धन हुने योजनालाई प्राथमिकीकरण गर्न छलफल आयोजना गरेको वडाध्यक्ष नरेन्द्र थापाले बताए ।

वडाध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो बर्ष चलिरहँदा झण्डै ७५ करोड रुपैयाँ विकास निर्माणका लागि खर्च भएको तथ्यांक प्रस्तुत गरे । उनले जो जहाँ जुन निकायमा छ त्यहीबाट वडा विकासका लागि सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष थापाले कार्यक्रममा प्राप्त विचारलाई पूँजीको रुपमा लिएको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर आगामी बर्षको नीति तथा कार्यक्रम तय गरिने बताए ।

उनले आगामी बर्षको बजेटलाई शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनमा टेवा पुग्नेगरी विनियोजन गर्ने प्रतिवद्धता जनाउँदै विगतमा गरेका सार्वजनिक सुनुवाई, योजना तर्जुमा, वडा अनुगमनका सवै कार्यक्रम पृथक भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्व कानूनमन्त्री यज्ञबहादुर थापाले पाेखरा-२६ मा जनताले महसुस गर्नेगरी विकास भएको उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने कार्यक्रम समावेश गर्न सुझाव दिए ।

पूर्वमन्त्री थापाले सरकारका मन्त्रालय, विभाग र विभिन्न निकायमा कार्यरत कर्मचारीले पनि आफू बसोबास गरेको वडा र भूगोलको विकासका लागि योगदान दिन आग्रह गरे ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराईले विकास निर्माणसँगै पर्यावरणीय सन्तुलनलाई ध्यान दिन जोड दिए । उनले संविधानले नै तीन तहकf सरकारको परिकल्पना गरेको उल्लेख गर्दै संघीय र प्रदेश सरकार सधैँ जोखिममा रहने तर स्थानीय सरकार कहिल्यै भंग नहुने स्पष्ट पारे । उनले प्रकृतिका उपहारलाई प्रवर्द्धन गरेर पर्यटन विकासमा जोड दिने गरी खाका तयार गर्न आग्रह गरे । भट्टराईले पहाडी क्षेत्रका बाँझो जमिनलाई उपयोग गर्ने नीति ल्याउन र बाँदर नियन्त्रणमा जोड दिन आग्रह गरे ।

गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारीले भौतिक निर्माणले मात्र विकासको मापन नहुने भन्दै उत्पादनलाई जोड्ने खालका कार्यक्रम समावेश गर्न सुझाव दिए ।

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र प्रमुख डा. विनोदविन्दु शर्माले गण्डकी आयुर्वेदिक अस्पतालको स्तरोन्नतिसँगै पाेखरा-२६ मा संघीय सरकारले एक सय शय्याको अस्पताल निर्माणका लागि योजना अघि बढाएको जानकारी दिए ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले सरसफाईका काममा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सशस्त्र प्रहरी बलले शिक्षालय संचालनका लागि जग्गा खोजिरहेको उल्लेख गर्दै न्यून विद्यार्थी भएका भवनलाई प्रयोग गर्न दिन आग्रह गरे ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक र महिला लक्षित कार्यक्रममा समन्वय गर्न सकिने बताए ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आईका गर्भनर विनोद ढुंगानाले पाेखरा-२६ को लक्ष्मी माविमा पुस्तकालय निर्माणको काम अघि बढेको उल्लेख गर्दै अन्य योजनामा समेत सहकार्य गर्न सकिने बताए ।

व्यवसायी चन्द्रकृष्ण कर्माचार्यले राजमार्गको पुन:निर्माणसँगै बजारका स्वरुपमा परिवर्तन आएको उल्लेख गर्दै अझै पनि केही स्थानमा टाउन प्लानिङ गर्न सकिनेमा जोड दिए ।

व्यवसायी बाबुराम गिरीले राजमार्गबाट विस्थापित भएका बजारलाई भित्री सडकमा व्यवस्थित गरी स्थानान्तरणको योजना ल्याउन आग्रह गरे । उनले वडा विकासका लागि तीन तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगमा कार्यरत सन्तोष ढुंगाना, निर्वतमान वडाध्यक्ष नारायणप्रसाद बराल, शिक्षाविद् रविप्रसाद बराल, तारा शर्मा, पूर्व उपसचिव रामजी बराल, व्यवसायी छत्रधर आत्रेय, डा ग्रीष्ममोहन भट्टराई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, डा. उदय ढुंगाना, बैकुण्ठ बराल, सुदीप अधिकारी, नारायण लामिछाने, संचारकर्मी भीमपाणि बराल, इन्जिनियर सन्दीप पौडेललगायतले दिगो विकासका लागि सुझाव दिएका थिए ।

वडाका सूचना अधिकारी नवराज सापकोटाले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

Previous Post

प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा हुने

Next Post

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित–पीडकबीच स्पष्ट सम्झौता आवश्यकः सहमहामन्त्री परियार

Next Post

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित–पीडकबीच स्पष्ट सम्झौता आवश्यकः सहमहामन्त्री परियार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन